The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

निकको रजतबर्ष १० हजार केभिएको ट्रान्सफर्मर हेटौंडामै बनाउने


स्थानीय समाचार 69 पटक पढिएको हेटौडा अनलाईन २०७४ असोज २८ शनिवार




असोज २८ शनिवार,हेटौडा । विद्युतीय उपकरण ट्रान्सफर्मर उत्पादन गर्ने नेपाल ईकारात ईन्जिनियरिङ प्रा.लिले रजतबर्ष मनाएको छ । सन १९९२ देखि व्यवसायिक उत्पादन सुरु गरेको निकको व्यावसायिक सफलताको कारण हालसम्म मजदुर आन्दोलनका कारण उद्योगमा ताला लगाउनु पर्ने अवस्था सृजना नभएको सबैले खुशी व्यक्त गरेका छन् ।

शुक्रबार हेटौंडामा भएको कार्यक्रममा हेटौंडाका नगरप्रमुख हरिबोल महतले नगरपालिकाले उद्योगमैत्री नीति निर्माण गर्न लागेको बताए । लगानीमैत्री नीति बनाएर हेटौंडामा उद्योग स्थापना गर्न चाहने उद्यमीलाई सहयोग गर्ने नगरप्रमुख महतले बताए ।

कार्यक्रममा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले निकले ठूला हाईड्रो पावर कम्पनीका लागि आवश्यक पर्ने १० हजार केभिएको ट्रान्सफर्मर पनि हेटौंडामै बनाउने प्रबिधि भित्राएको बताए । सरकारले वातावरण निर्माण गरिदिने हो भने हेटौंडामा बनेको ट्रान्सफर्मर बिभिन्न देशमा निर्यात गर्न सकिने बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उद्योग संघका अध्यक्ष नवराज अर्याल, औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधब अधिकारी, रोटरी क्लबका अध्यक्ष पुरणबहादुर जोशी, चुरेहिल अस्पताल प्रमुख डा. सुन्दर श्रेष्ठ, निकका महाप्रबन्धक अनिलरत्न स्थापितलगायतले बोलेका थिए ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864078 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top