The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

आमभञ्ज्याङ्गको महिला कल्याणको साधारण सभा सम्पन्न


स्थानीय समाचार 6 पटक पढिएको अशोक सुजन श्रेष्ठ २०७४ असोज २८ शनिवार




२०७४ असोज २८ शनिवार, हेटौंडा । मकवानपुर गढी गाउँपालिका–५, आमभञ्ज्याङ्गको महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष सुलोचना स्याङ्गतानको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव मिना चौरेल र गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्ष स्याङ्तानले बार्षिक प्रगती प्रतिबेदन, सचिव सरिता ढुङ्गानाले आगामी बार्षिक कार्ययोजना, कोषाध्यक्ष ज्ञानु दाहालले आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिकी संयोजक ईन्दु अधिकारी र ऋण उपसमितिकी संयोजक पार्वती फुँयालले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, वडा नम्बर ६ का अध्यक्ष टिका दाहाल, प्लान ईन्टरनेशनल मकवानपुरकी बिकास संयोजक प्रभा बानियाँ, ग्रामिण महिला सेवा केन्द्रकी सचिव अचला शर्मा, शारदा उमाबिका अध्यक्ष बिष्णु दंगाल, जनहीत स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक दीर्घ थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममै सहकारीका सबैभन्दा बृद्धा, सबैभन्दा बढी शेयरधनी, असल ऋणी, सबैभन्दा बढी बचतकर्ता, सबैभन्दा बढी बचतकर्ता समूह लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157904 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top