The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या


राष्ट्रिय समाचार 26 पटक पढिएको रबिन्द्र यादव २०७४ असोज ३० सोमबार


बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या


असोज ३० सोमबार परासी । परासी महेसपुर सडकमा निर्माणाधिन सामाग्रीको डम्ङ्गिले बाटो खुम्चिदै गएको समाचार पटक पटक बाहिर आईरहदा पनि प्रशासन र सम्बन्धित निकायले पटक्कै ध्यान दिएको छैन । बाटोका बिचोबिच भागबाट दुवै तर्फ ५० फिट जग्गा छोडि घर निर्माण गर्ने तथा सरसमान राख्ने मापदण्ड बनाइएपछि स्थानियहरु पुरै जग्गा मिच्दै बाटोको छेउछाउ समेत क्याप्चर गर्न थालेका छन् ।

जिल्लाको रामग्राम नगरपालिकाको बैरिहवाँ चाके, उजैनी चोक, पाल्हीनन्दनको बेलासपुर, कुश्मा पर्सिया, हरपुर र मेहसपुर नाकामा समेत यस्तो बाटो क्याप्चर गर्ने कार्य बढदै गएको छ । स्थानियहरु बाटोको छेउछाउमा निर्माण सामाग्री, गिट्टीबालुवा, ढुङ्गामिस्कट, पसल टंकी, फुतपाते पसल, कबाड, परालभुस, राख्ने कार्यले बाटो चुम्चिदै गएको छ । बाटो छेकिने गरि राखिएको सरसमानले सवारी साधन आवत जावत गर्न निकै कठिनाई भैरहेको चालकहरु बताउँछन् ।  


चालकहरु भन्छन् बाटो साँगुरिदै जाम हुन थालेको छ । विपरित दिशााट आउने सवारी साधनलाई साईड दिन कठिनाई भैरहेको छ । रातीको समयमा त गाडी राखिएका सरसमानमै ठोकिन पुग्ने सम्भावना बढदै गएको छ । यसरी  टु–लेनको सडकलाई स्थानियहरुले बाटोमा निर्माण सामाग्री तथा पसल थापेर १–लेनको बनाई दिए छन् । साँगुरो बाटोका कारण हामी दुर्घटनाको उच्च जोखिममा पर्न थालेको चालकहरु गुनासो गरे ।


यतिमात्र होईन पुर्वपश्चिम राजमार्ग, हुलाकी सडक, महेसपुर त्रिवेणी सडक, बर्दघाट त्रिवेणी सडक सहित विभिन्न भित्री सडकको हालयत पनि यहि छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पटक्कै नरहेको यात्रीले गुनासो गरे । साँगुरिदै गएको बाटोलाई सरसमान हटाई फराकिलो गराईदिन चालकहरु जिल्ला प्रशासन र सडक डिभिजन कार्यालय संग आग्रह गरेका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12960387 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top