The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बाम गठबन्धनलाई सफल बनाउन माओवादीको प्रशिक्षण


स्थानीय समाचार 4 पटक पढिएको हेटौँडा अनलाइन २०७४ कार्तिक ०८ बुधवार


बाम गठबन्धनलाई सफल बनाउन माओवादीको प्रशिक्षण


कार्तिक ०८ बुधवार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा नेकपा माओवादी केन्द्रको वडा प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । बाम गठबन्धनलाई सफल बनाउने उद्देश्यले प्रशिक्षण बैठक संचालन गरिएको माओवादि केन्द्रले जनाएको छ ।

पार्टी पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आथित्यता तथा पार्टी जिल्ला कार्यालय सदस्य एवं संचार विभाग प्रमुख कमान सिँ पाख्रिन ‘पृथक’ को बिषेश उपस्थितिमा प्रशिक्षण भएको हो । 

प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि पुलामीले बाम गठबन्धनलाई हल्का रुपमा लिन नहुने बताए । बाम गठबन्धनको सफलता नै नेपाली जनताको सफलता हुने कुरामा समेत पुलामीले जोड दिए । वर्तमान बाम गठबन्धन दुईतिहाई बहुमत प्राप्त गर्ने उदेश्यले भएको प्रष्ट पार्दै पुलामीले यसलाई सफल पार्न सम्पुर्ण पार्टीङ्क्तीलाई क्रियाशिल भई लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै पार्टीका कार्यालय सदस्य तथा संचार विभाग प्रमुख पाख्रिनले माओवादी केन्द्रको अभियान बाम तालमेल मात्र नभएको र आम एकताको प्रक्रियामा  पनि अगाडि बढ्ने बताए । यसको उदेश्य समाजवादी व्यवस्थालाई स्थापित गर्ने उदेश्यसंग जोडिएको समेत उनले प्रष्ट्याए ।

३ नम्बर वडाअध्यक्ष रुपेश बर्तौलाको अध्यक्षतामा भएको प्रशिक्षणमा वडा पार्टी उपाध्यक्ष धनबहादुर लामा आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी सचिव ठेसाङ लामाले स्वागत सहित वडाको राजनितिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864079 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top