The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

प्रेस चौतारी र सेन्टरको संयुक्त बैठक सम्पन्न


स्थानीय समाचार 3 पटक पढिएको हेटौडा अनलाईन २०७४ कार्तिक १५ बुधवार


प्रेस चौतारी र सेन्टरको संयुक्त बैठक सम्पन्न


हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक आज सम्पन्न भएको छ ।

हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक आज सम्पन्न भएको छ । 

नेपाली राजनीतिलाई समाजवादको बाटोमा डो-याउने जिम्मा सचेत वर्गको काधमा आएको बैठकमा सहभागी वक्ताले बताए । बोल्ने क्रममा वक्ताहरुले संचारकर्मीहरुलाई त्यो अभियानमा अघि बढ्न आग्रह गरे । नजिक आइरहेको निर्वाचनमा वामपन्थीहरुको तालमेल र पार्टी एकता समयको माग भएको उनीहरुको भनाई थियो । यसलाई जनतहसम्म पु¥याउन पत्रकारले महत्वपूर्ण भूमिका खेल्न उनीहरुले आग्रह समेत गरे ।बैठकमा नेकपा एमाले मकवानपुरका सचिव तथा प्रचारविभाग प्रमुख एकलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचारविभाग प्रमुख कमान सिं पाख्रिन, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष कौशल पाण्डे,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस सेन्टर ३ न. प्रदेश अध्यक्ष सुुनिल खड्का,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजन दाहाल,शिवकुमार रिजाल लगायतकाले आ–आफ्नो विचार राखेका थिए । बैठकले संयुक्त प्रचार समितिको सचिवालय निर्माण गर्नुको साथै निर्वाचन अवधिभर कार्ययोजना निर्माण गरेको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष नानीमैया विष्टले संचालन गरेको हो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864084 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top