The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बैद्यबाट विप्लव माओवादीमा प्रवेश


स्थानीय समाचार 11 पटक पढिएको हेटौडा अनलाईन २०७४ कार्तिक १५ बुधवार


बैद्यबाट विप्लव माओवादीमा प्रवेश


नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी पार्टी (मोहन बैद्य किरण नेतृत्व)को पार्टी परित्याग गरी आज दर्जन भन्द बढी जिल्ला सचिवालय सदस्य सहितको टोली नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द नेतृत्व) मकवानपुरमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी पार्टी (मोहन बैद्य किरण नेतृत्व)को पार्टी परित्याग गरी आज दर्जन भन्द बढी जिल्ला सचिवालय सदस्य सहितको टोली नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द नेतृत्व) मकवानपुरमा प्रवेश गरेका छन् । 

क्रान्तिकारीका मकवानपुर जिल्ला पार्टी सचिवालय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला ईन्चार्ज रामशरण कार्की, जिल्ला पार्टी सचिवालय सदस्य एवं ट्रेड युनियनका संयोजक शिवप्रसाद पौडेल लगायतका १६ जनाले आज पार्टी प्रवेश गरेको एक कार्यक्रम बीच नेकपा मकवानपुरले जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी मकवानपुरका जिल्ला ईन्चार्ज बिरबहादुर घलान ज्वालाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्यूरो ईन्चार्ज चिरन पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रामबहादुर घलान वाटर, बाराका ईन्चार्ज इन्द्र बहादुर परियार नयन, गोकुल दाहाल लगायतको उपस्थिति रहेको थियो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864085 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top