The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

“नोटको नभई त्यागको राजनीति आवश्यक”



स्थानीय समाचार   85 पटक पढिएको   हेटौडा अनलाईन   २०७४ मंसिर ०१ शुक्रवार  

मनहरी गाउँपालिका वडा न. ९ मा वाम गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ।मंसीर २१ गते हुन गइरहेको संघ र प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा आज सम्पर्क कार्यालय उद्घाटन गरेको हो ।

“नोटको नभई त्यागको राजनीति आवश्यक”

मनहरी गाउँपालिका वडा न. ९ मा वाम गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ ।मंसीर २१ गते हुन गइरहेको संघ र प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा आज सम्पर्क कार्यालय उद्घाटन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला अध्यक्ष एवम् निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलले राजनीति ठेकदारहरुको ठेक्कापट्टा गर्ने ठाउँ नभएको भन्दै यसको निम्ति त्याग, समर्पण र योगदान चाहिने बताउनुभयो । स्थानीय उम्मेदवारहरु नै दुःखको सच्चा साथी हुने भएकोले समृद्ध नेपाल निर्माणको लागि वामगठबन्धनको उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा निर्वाचन परिचालन समितिका सहसंयोजक वलराम बलले पैसाको पोको देखाउदै राजनीतिमा छिर्नेहरुलाई कडा निगरानी राख्न शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेताहरु विष्णु ओझा, लालबहादुर थापा, रामप्रसाद कालाखेती, मदन दाहाल, युवा संघका केन्द्रीय नेता कमल पाठक लगायतकाले देशको उज्जवल भविष्य र समृद्ध नेपालको निम्ति वामगठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा अतिथिहरु मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, ९ न.वडा अध्यक्ष साधुराम अधिकारी, नेताहरु

 रामहरि सुवेदी, निवन्ध लामा, संन्जिव पाठक, नवराज सुवेदी, भुमिनन्दन अर्याल, पत्रकारहरु शिवकुमार काशी, नानीमैया विष्ट लगायतका रहेका थिए । कमल गोपालीको अध्यक्षतामा भएको कार्यक्रमलाई लक्ष्मण उप्रेतीले संचालन गर्नुभएको थियो ।  








भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217387   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top