The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

पाँच हाइकु : डा.घनश्याम परिश्रमी


कला साहित्य 72 पटक पढिएको हेटौंडा अनलाइन २०७४ मंसिर ०५ मंगलवार


पाँच हाइकु : डा.घनश्याम परिश्रमी


२०७४ मंसिर ०५, हेटौंडा । डा.घनश्याम न्यौपाने परिश्रमी नेपाली गजलकार हुन् । उहाँको जन्म २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्ला अन्तर्गत श्रीकृष्ण गण्डकी गाविस २ बलाम नित्यडाँडामा भएको हो ।

पिता रुक्मागत न्यौपाने र माता तारादेवी न्यौपानेको कोखबाट जन्मिनुभएका ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लाग्नुभएको हो । नवलपरासीको वर्दघाटमा स्थायी वसोवास गर्नुहुने ‘परिश्रमी’ २०५९ देखि रूपन्देहीको भैरहवामा बस्दै आउनुभएको छ ।

नेपालीमा एम.ए. व्याकरणमा आचार्य र गजलमा विद्यावारिधी गर्नुभएको ‘परिश्रमी’ हाल भैरहवा बहुमुखी क्याम्पसमा अध्यापन पेसामा संलग्न रहेका हुनुहुन्छ । वहाँको दुई छोराहरु सवर्ण संग्राम, सुशिल सौरभ हुनुहुन्छ । सिस्नुपानी नेपाल (आजीवन सदस्य) स्याङ्गजा साहित्य प्रतिष्ठान (आजीवन सदस्य) गजल सागर नेपाल (संरक्षक) सुदुर पश्चिामाञ्चल गजल मञ्च (प्रमुख सल्लाहकार) आदि जस्ता सङ्घ–संस्थामा आवद्ध रहेका ‘परिश्रमी’ले सगर, झरना, मुच्र्छना, नानी, रजस्थल, निसाप, युगदर्पण आदि पत्रिकाको सम्पादन पनि गर्नुभएको छ । मूलतः गजलकार व्यक्तित्वका रूपमा स्थापित उहाँ सफल समालोचक एकाङ्कीकार, कवि, कथाकार, निबन्धकार र गीतकार व्यक्तित्वका रूपमा पनि उत्तिकै सुपरिचित हुनुहुन्छ । जागजाग कविता २०३१मा प्रकाशित गरी आफ्नो साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका ‘परिश्रमी’ले हालसम्ममा एक दर्जन जति कृति प्रकाशन गराईसक्नुभएको छ । उहाँका प्रकाशित कृतिहरू यस प्रकार छन ।


१. अन्त्यमा (खण्डकाब्य २०३६) 

२.यौ मौसम (गजलसङ्ग्रह २०५०)

३. घामको छहारीमा (गजसङ्ग्रह २०५३)

४. साहित्य सन्दर्भ (समालोचना सङ्ग्रह २०५५)

५. जुनुमामा (संयुक्त बालगजल सङ्ग्रह २०६०)

६. जून चूहेको रात (गजल सङ्ग्रह २०६०)

७. राम्रा चाचा मीठा पापा (बाल गजलसङ्ग्रह २०६३)

८. गजल भूमिकावली (२०६३, गजलकृतिहरूको भूमिका)

९. गजल सौन्दर्य भीमांसा (गजल सिद्धान्त २०६४)

माथि उल्लिखित साहित्यिक कृतिका अतिरिक्त विभिन्न पाठ्यपुस्तकका साथसाथै विभिन्न पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित छन् । मनु बाज्राकीको गजल लेखनबाट प्रभावित हुनुभई गजल विधातर्फ आकर्षित हुनुभएका ‘परिश्रमी’को २०४४को मधुपर्कमा प्रकाशित ‘जिन्दगी त जिएकै छु’ नामक गजल नै प्रथम प्रकाशित गजल हो । साहित्यका विविध विधामा पुर्याएको योगदान स्वरूप ‘परिश्रमी’ राष्ट्रिय शिक्षा पुरस्कार (२०४६), रत्न पुरस्कार (गजल विधाका लागि २०४६), काली गण्डकी साहित्य कला पुरस्कार (२०५५), कृष्णजङ्ग डम्बरजङ्ग पुरस्कार (२०५६), गजलश्री सम्मान (२०६०), तन्नेरी प्रतिभा पुरस्कार (२०६०) लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत, सम्मानित र अभिनन्दित हुनुभएको छ । गजल सिद्धान्तलाई अनुसरण गर्ने ‘परिश्रमी’ले बहरमा गजल रचना गर्नुभएको छ । फारसी बहरको मात्रै पछि नलागी उहाँले लोकलय एवं स्वनिर्मित लयलाई पनि स्थान दिनुभएको छ । साथै नेपाली माटोलाई सुहाउने गरी गजल लेख्ने ‘परिश्रमी’ प्रगतिशील, मानवतावादी, यथार्थवादी, गजलकार हुनुहुन्छ भन्दा अतियुक्ति नहोला । उहाँका गजलमा सुख, दुःखका यथार्थ अनुभूति व्यक्त हुनुका साथै सामाजिकता समसामयिकता, दार्शनिक चिन्तन, राष्ट्रियता, रुढीवादप्रति आलोचनाको साथै शृङ्गारिकताको भाव अभिव्यक्त भएको पाइन्छ ।


पाँच हाइकु :-

निला अाँखामा

मैले खाेजेकाे अाँसु 

सुरा रहेछ


गन्तव्य टाढा 

नजिकै देखिँदै छन्

प्रिया प्रकृति 


उज्यालो काेठा

कसैले बनाएछ

अँध्यारो दिवा


मलाई देऊ

नमिठा सपनाको 

मिठाे बिहानी


हिमाली चिसाे

तराईली ताताेमा

रमाइरह्याे





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899806 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top