The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश



राष्ट्रिय समाचार   150 पटक पढिएको   सुनिल खड्का    २०७४ मंसिर १५ शुक्रवार  

मंसिर १५ शुक्रवार, गौशाला, महोत्तरी महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ एक अन्तर्गतको गौशला नगरपालिका- २ निगौलमा आयोजित चुनावी सभामा राजपा र काग्रेसका सयौं नेता कार्यकर्ता आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

राजपाको प्रभाव रहेको क्षेत्र निगौलमा आयोजित भव्य चुनावी सभामा राजपा र काग्रेस परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि यो सभाले बिशेष चर्चा पाएको छ ।

राजपा का नेता महिन्द्र शाह, लालु मण्डल, सुनिल मण्डल, रामबाबु मण्डल सहितका दर्जनौं राजपाका नेताकार्यकर्ता र नेपाली काग्रेसका सरोजकुमार शाह, इन्दु शाह, रामप्रताप मण्डल, नरेश शाह सहितका नेताकार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । यस्तै उर्मिला शाह, सितल मुखिया, सुनैनादेवी राय, शिवकुमारी सिह, रौनादेवी राय लगायतका एक दर्जनभन्दा बढी राजपा र काग्रेसका कृयाशिल महिला नेतृहरु पनि आज माओवादी केन्द्र प्रवेश गरेका छन ।

काग्रेस र राजपाबाट समृद्धि र विकास सम्भव नभएको भन्दै सयौ नेताकार्यकर्ता आज माओवादी केन्द्र प्रवेश गरेको उनिहरुले बताएका छन ।

पार्टी प्रवेश गर्नेहरूलाई बिना नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य, बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले जातीय र क्षेत्रीय कुरा गर्ने पार्टीले विकास गर्न नसक्ने दावी गर्नुभयो । एक किलोमिटर सडक बनाउन एक लाख रुपैया खर्च लाग्छ पोखरेलले भन्नुभयो : केन्द्रिय नेतृत्वको पहल बिना जिल्लाको विकास असम्भव छ । राजपा र काग्रेससङ्ग विकासका कुनै एजेण्डा नभएको दावी गर्दै पोखरेलले मधेसी जनतालाई भ्रम नछर्न बिपक्षी उम्मेदवारलाई आग्रह गर्नुभयो । १ सय २४ ओटा जाती भएको देशमा एकले अर्को लाई सम्मान गर्नुपर्छ पोखरेलले भन्नुभयो : ८० भन्दा बढी भाषा-भाषी छन । हामी सबै मिले मात्र देश सम्बृद्द हुन्छ । मधेसमा बहुसंख्यक किशान मजदुरको बाहुल्यता रहेको स्मरण गर्दै पोखरेलले गरिब, किशान र मजदुरको भावना बामपंथीले मात्रै बुझ्न सक्ने दावी गर्नुभयो । समग्र तराई/मधेसको विकासको निम्ति बाम गठबन्धनलाई बिजयी गराउन पोखरेलले आग्रह गर्नुभयो । 

यसैबीच महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ एक अन्तर्गतको गौशाला नगरपालिकाको विभिन्न स्थानमा आज सयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । गौशाला नगरपालिकाको वडा नम्बर -११ धननारायण टोल, गौशाला नगरपालिका -१० भरतपुर, चुरौटे टोल, गौशाला नगरपालिका-९ पुरानो भरतपुर र गौशाला नगरपालिका-९ कै नयाँ भरतपुरमा चुनावी सभा सम्पन्न भएको हो । गौशाला-९ पुरानो भरतपुरमा आयोजित चुनावी सभामा पनि विभिन्न पार्टी परित्यागगरि ६० जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन । पुरानो भरतपुरको अधिकास मन्सुर र अन्सारी सहित ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नेपाली काग्रेसका इसराजुल मन्सुर, गफार मन्सुर, सतार मन्सुर, जाहेर मन्सुर, मङ्गल मन्सुर, रसुभ अन्सारी, मकेबुल अन्सारी लगायत ६० जना आज माओवादी केन्द्र प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य, बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेल र प्रदेश सभाका उम्मेदवार भरत शाहले फुलमाला लगाएर स्वागत गर्नुभएको थियो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217388   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top