The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान



राष्ट्रिय समाचार   44 पटक पढिएको   सुनिल खड्का   २०७४ मंसिर १७ आइतवार  

मंसिर १७ आइतवार, महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का बाट प्रतिनिधि सभाका लागी उम्मेदवार रहनुभएका गिरिराजमणि पोखरेलको मत माग्ने शैली अन्य उम्मेदवारको भन्दा फरक छ ।

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

पोखरेलको हरेक चुनावी सभामा मतदाता सङ्ग अन्तरक्रिया र मतदाता शिक्षालाई अलि बढी प्राथमिकता दिइएको छ । चुनावी सभा भन्ने बित्तिकै नेता आउने, लामो भाषण गर्ने र मत माग्ने अनि सभा बिसर्जन हुने चलन छ । तर पोखरेलको सभा अलि फरक छ । बिना बिभागिय मन्त्री समेत रहनु भएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पोखरेल कार्यक्रम स्थलमा पुग्ने बित्तिकै सबैजनालाई अभिवादन गर्नुहुन्छ । सकेसम्म हात मिलाउन नखोज्ने पोखरेल मतदाताले हात दिए पछि भने इन्कार गर्नुहुन्न । मुसुक्क हास्दै आराम हुनुहुन्छ ? भनेर मतदाता माझमा पुग्नुहुने पोखरेल पहिले मतदाताको कुरा सुन्नुहुन्छ अनि आफ्नो छोटो मन्तव्य राख्नुहुन्छ ।

स्थानीय मतदाता समक्ष परिचित पोखरेल मैले बोल्नु पर्ने कुरा केही छैन तपाईंहरुलाई भेट्न मात्रै आको हु भन्दै आफ्नो कुरा शुरु गर्नुहुन्छ । महोत्तरी जिल्लाको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका पोखरेललाई स्थानीयले विकासवादी सामाजिक नेताको रूपमा मान्छन् ।

आफ्नो मन्तव्य राख्नु अघि पोखरेलले मतदाता शिक्षा सम्बन्धि जानकारी दिन लगाउनुहुन्छ । पोखरेलको हरेक सभामा मतदान कसरी गर्ने भन्ने सम्बन्धि कम्तिमा ५ मिनेट छलफल हुन्छ । समय अभाव भयो भने पोखरेल आफू बोल्ने समय छोटाउनु हुन्छ तर मतदाता शिक्षा अनिवार्य सिकाउनु हुन्छ ।


अधिकास सभामा पार्टी प्रवेश गर्नेहरूको लहर छ । यधपी मतदाता शिक्षा पोखरेलको प्राथमिकतामा पर्छ । मधेसका जनतामा मतदाता शिक्षाको एकदमै खाचो रहेको उहाको भनाइ छ । तीन वटा मतपत्रमा ४ ठाउँमा स्वस्तिक चिन्ह लगाउनुपर्छ धेरैलाई यो कुरा सिकाउदै छु पोखरेल भन्नुहुन्छ : अहिले बामपंथी एकता भएको छ हसिया हथौड़ा र सुर्य दुबै चुनाव चिन्हमा मतदान गर्नुपर्छ ।

महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ एक अन्तर्गतको दुई प्रदेश सभामा एक जना नेकपा एमालेको तर्फबाट उम्मेदवार छन भने अर्कोमा माओवादी केन्द्रको ।

क्षेत्र नम्बर -१ को प्रदेश सभा -१ मा एमालेको तर्फबाट सारदा थापा सुर्य चुनाव चिन्ह लिएर उठ्नु भएको छ भने क्षेत्र नम्बर -१ को प्रदेश सभा-२ मा माओवादी केन्द्रका भरत शाह उम्मेदवार हुनुहुन्छ ।

पोखरेललाई अर्को एउटा नैतिक संकट पनि छ । 

बाम गठबन्धन बनेपछि प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ मा नेकपा एमालेको उम्मेदवार सारदा थापालाई समर्थन गर्ने नेकपा माओवादी केन्द्रको निर्णय पछि स्थानीय युवा नेता राजु खड्काले उम्मेदवारी फिर्ता लिन जादै गर्दा निर्वाचन आयोगले १५ मिनेट ढिलो आउनुभयो भनेर उम्मेदवार फिर्ता लिन मानेन । त्यसपछि प्रदेश सभा -१ मा हसिया हथौड़ा चुनाव चिन्ह पनि कायम रह्यो ।

अहिले यहि कुरा ले पोखरेल नैतिक संकट परेको छ । आफुमात्र होइन प्रदेश सभा-१ मा सारदा थापालाई पनि बिजयी गराउनै पर्ने चुनौती पोखरेल सामु छ ।

यहि कारण पनि पोखरेल आफ्नो प्रत्येक सभामा मतादाता शिक्षालाई प्रभावकारी ढंगले प्रचार गरिरहनु भएको छ ।

चुनावी अभियानमा रहनुभएका पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक वडामा मतदाता शिक्षा दिनको निम्ति छुट्टै टोलि बनाउनुभएको छ । 

बाम गठबन्धनको साझा उम्मेदवार पोखरेल आफ्नो मन्तव्यको क्रममा आफै पनि मतदाता शिक्षा दिने गर्नुहुन्छ ।

पोखरेलको चुनावी अभियानको क्रममा पुर्व सासद दुर्गाजयन्ती राइ र फुलकुमारी महतोले चुनावी शिक्षा दिइरहनु भएको छ ।


यस अघि २०६४ र २०७० सालमा भएको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो ।

२०६४ सालमा पोखरेल तत्कालीन जनमोर्चा तर्फबाट उम्मेदवार बन्नु भएको थियो । सङ्ख्यात्मक हिसाबले सानो मानिएको पार्टी जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारी दिनु भएको पोखरेल अत्याधिक मत ल्याएर बिजयी हुनु भएको थियो ।

२०६५ मा पार्टी एकता पछि तत्कालीन एकीकृत नेकपा माओवादी बाट सोही क्षेत्रको उम्मेदवार बन्नु भएका पोखरेल दोस्रो पटक निर्वाचित हुनुभएको थियो ।

सांसद र मन्त्री हुँदा जिल्लाको समग्र विकासमा कृयाशिल रहनुभएका पोखरेल शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाका महत्त्वपूर्ण कामहरु गर्नु भएको थियो ।

मन्त्री पोखरेलको महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ३ मा मत अधिकार छ ।

पोखरेल बर्दिबास ३ कै गौरिडाडामा रहेको सामुहिक आवास "आधारशिला" मा बस्नुहुन्छ ।

एक पटक सफल शिक्षा मन्त्री र ३ पटक सम्म सफल स्वास्थ मन्त्री रुपमा परिचीत मन्त्री पोखरेलको महोत्तरीमा राम्रो प्रभाव रहेको छ ।

सामुहिक जीवनमा रहनु भएका पोखरेल उत्पिडित समुदाय र गरिब किसानका हक अधिकारका लागि लामो समयदेखि कृयाशिल हुनुहुन्छ । समग्र महाेत्तरी जिल्लाकाे बिकास र बिशेषगरी जिल्ला काे उत्तरी भेगकाे बिकास गर्ने बिकास पुरुषकाे रुपमा परिचित पोखरेललाई स्थानीय जनताले मधेसप्रेमी नेताको रुपमा पनि चिन्छन ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13218565   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top