The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

पदमपोखरीमा सुरक्षित गर्भपतन सेवा


स्थानीय समाचार 2 पटक पढिएको हेटौंडा अनलाइन २०७४ पौष २३ आइतवार


पदमपोखरीमा सुरक्षित गर्भपतन सेवा


हेटौडा, २३ पुस मकवानपुरको १२ वटा प्राथमिक स्वाथ्य केन्द्रले मात्र सेवा दिँदै आएको सुरक्षित गर्भपतन सेवा अब पदमपोखरीले पनि प्रदान गर्ने भएको छ। सो स्वास्थ्य केन्द्रबाट निर्मला व्लोनले तालिम लिएर आएपछि सो क्षेत्रका महिलाहरुले सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने भएका हुन्।

मकवानपुरको १२ वटा प्राथमिक स्वाथ्य केन्द्रले मात्र सेवा दिँदै आएको सुरक्षित गर्भपतन सेवा अब पदमपोखरीले पनि प्रदान गर्ने भएको छ। सो स्वास्थ्य केन्द्रबाट निर्मला व्लोनले तालिम लिएर आएपछि सो क्षेत्रका महिलाहरुले सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने भएका हुन्।

आज जिल्ला जनस्वाथ्य कार्यालय मकवानपुरले ‘सुरक्षित गर्भपतन सेवा अभिमुखिकरण’ कार्यक्रमको आयोजना गरी सो जानकारी दिएको हो । पदमपोखरी स्वास्थ्य चौकीमा अबदेखि ९ हप्ता सम्मको गर्भलाई औषधीको प्रयोगबाट सुरक्षित गर्भपतन गराउने सुविधा भएको सेवा प्रदायक निर्मला व्लोनले जानकारी दिनुभएको छ । 

हेटौडा उपमहानगरपालिका वडा न.ं १२ र १३ का जनप्रतिनिधि, सामाजिक कार्यकर्ता तथा संचारकर्मी बीच अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा गर्भपतन महिलाको चाहना होइन बाध्यता भएको भन्दै गर्भवती महिनाको स्वीकृतिमा इजाजत प्राप्त स्वाथ्यकर्मीबाट उक्त सेवा गर्भवती महिलाले प्राप्त गर्न सकिने बताइएको थियो । ‘आइपास’ को सहयोगमा जिल्ला जनस्वाथ्य कार्यलय मकवानपुरले आयोजना गरेको कार्यक्रममा हालसम्म मकवानपुरमा १२ वटा स्वाथ्यचौकीबाट यो सेवा प्रदान गरिरहेको ‘आइपास’की उषा ढकालले जानकारी दिनुभयो । कार्यक्रम आज र भोली संचालन गरिने बताइएको छ ।      






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12963052 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top