The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

सिमेन्टको मूल्यबृद्धि बिरुद्ध युवाको ध्यानाकर्षण



स्थानीय समाचार   69 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ माघ ०३ बुधवार  

हेटौंडा, ३ पुसः मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योग प्रा.लि ले गरेको मूल्यबृद्धिको दुई युवा संगठनले बिरोध गरेका छन् । मूल्यबृद्धिको बिरोध गर्दै योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले आज बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका हुन् ।

सिमेन्टको मूल्यबृद्धि बिरुद्ध युवाको ध्यानाकर्षण

मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योग प्रा.लि ले गरेको मूल्यबृद्धिको दुई युवा संगठनले बिरोध गरेका छन् । 

मूल्यबृद्धिको बिरोध गर्दै योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले आज बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका हुन् । दुबै संगठनका अध्यक्षसहित प्रशासन कार्यालय पुगेको टोलीले सिमेन्टको अप्रत्यासित मूल्यबृद्धिप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

राष्ट्रिय पुनःनिर्माण आयोगले भुकम्प पीडितहरुलाई निर्माण सम्पन्न गर्न दिएको म्याद सकिँदै गर्दा भुकम्प पीडितहरुको निमित्त उद्योगले राहत उपलब्ध गराउनुपर्ने ठाउँमा अनेक कारण देखाउँदै उद्योगले सिमेन्टको मूल्यमा गरेको बृद्धिप्रति संगठनको बिरोध रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै, उद्योगले गरेको मूल्यबृद्धि फिर्ता लिई पूरानै मूल्य कायम गराउन पनि ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्रको बेवास्ता गरिएमा मूल्यबृद्धि बिरुद्ध आन्दोलनमा जानसक्ने चेतावनी दुई संगठनले दिएका छन् । 

युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं र योङ कम्युनिष्ट लिग मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र बुझेपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चसँग पनि कुरा भइरहेको र मञ्चबाट पनि ध्यानाकर्षण भएकोले मूल्यबृद्धिको बिरोधबारे आपूर्ति मन्त्रालयसम्म जानकारी गराइएको बताउनुभयो । उहाँले यस विषयमा आफूले माथिल्लो निकायसम्म पहल गर्ने र युवाहरुको तर्फबाट पनि प्रयास जारी राख्न सुझाव दिनुभयो । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224304   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top