The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण



स्थानीय समाचार   56 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ माघ ०६ शनिवार  

हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण



३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो । 

प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न आजै हेटौंडा आउनुभएका कोईरालालाई यहाँस्थित उच्च पदस्थ अधिकारीहरुले प्रदेश कार्यालय परिसरमा स्वागत गरेका थिए । प्रदेश प्रमुख कोईरालाको स्वागतका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसदहरु डोरमणी पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल र जुनेली श्रेष्ठ मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पुगेका थिए । 

प्रदेश प्रमुख कोईरालालाई जिल्लाको प्रहरी प्रमुख, सुपारेटार ब्यारेकका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपमेयर सहितले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि संक्षिप्त भनाई राख्नुहुँदै प्रदेश प्रमुख कोईरालाले देश विकासमा अघि बढ्न सबैमा आग्रह गर्नुभयो । प्रदेश कार्यालयमा प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि आयोजना भएको कार्यक्रममा मन्तव्य दिने क्रममा उहाँले संविधानको मर्म र भावना अनुसार देश विकासमा अघि बढ्नको लागि आग्रह गर्नुभएको हो ।   







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219714   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top