The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

केसीको स्मृतिमा सरस्वतीको मन्दीर हस्तान्तरण



स्थानीय समाचार   57 पटक पढिएको   हेटौंडा अनलाइन     

हेटौडा, ८ माघ मनहरी–९ स्थित केही समय अघि दुर्घट्नामा परि निधन हुनुभएका स्थानीय समाजसेवी तथा नेता काशीराम केसीको स्मृतिमा सरस्वतीको मन्दीर निर्माण पछि आज हस्तान्तरण गरिएको छ ।

मनहरी–९ स्थित केही समय अघि दुर्घट्नामा परि निधन हुनुभएका स्थानीय समाजसेवी तथा नेता काशीराम केसीको स्मृतिमा सरस्वतीको मन्दीर निर्माण पछि आज हस्तान्तरण गरिएको छ । 

मनहरी–९ ज्यामिरे घर भएका केसीको स्मृतिमा करिव ३ लाख रुपैयाको लगानीमा घरै नजिकै रहेको श्री विनाकालिका प्रा.वि.को प्रांगनमा निर्माण गरी श्री पञ्चमीको दिन आज मन्दीर हस्तान्तरण गरिएको परिवारका सदस्य प्रल्लाद केसीले जानकारी दिए । सो विद्यालय संचालन समितिका अध्यक्ष गंगा कोइरालालाई साँचो प्रदान गरिएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, पुर्व सांसद राजाराम स्याङ्तान, नेकपा (माओवादी केन्द्र) का नेता रामहरि सुवेदी लगायतका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । केसी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य थिए ।  







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224292   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top