The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

जवाफदेहिता बढाउन संस्थाको सामाजिक परीक्षण


स्थानीय समाचार 16 पटक पढिएको हेटौंडा अनलाईन २०७४ माघ ०९ मंगलवार


जवाफदेहिता बढाउन संस्थाको सामाजिक परीक्षण


हेटौंडा,९ माघः नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ । विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार केन्द्र मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ ।

विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार केन्द्र मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम भएको हो । कार्यक्रममा दलित महिला संघ मकवानपुरकी कोषाध्यक्ष मालती विश्वकर्मा र आपाङ्ग सरोकार केन्द्र मकवानपुरका सचिव शान्तिमाया हिम्डुङले सम्बन्धित संस्थाको कार्यक्रम, बजेट र उपलब्धी, चुनौती जस्ता विषयमा प्रस्तुतीकरण दिनुभयो । दुई संस्थाको प्रस्तुतिमाथि सहभागीहरुले जिज्ञासा र सुझाव दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले स्थानीय तह र नागरिक समाज संस्था एकाकार भएर, सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । स्थानीय तहसँग बजेट न्यून भएकोले र आधारभूत विकासका काममै हामी पछाडी रहेकोले लक्षित वर्गका कार्यक्रम सञ्चालन चुनौतीको विषय रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमको विशेष अतिथि रहनुभएका महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख विष्णुकुमारी लामिछानेले अधिकारको क्षेत्रमा लागेका नागरिक समाज संस्थाहरु विपन्न र सेवा सुविधाबाट वञ्चित समुदायसम्म पुगेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले लक्षित वर्गका व्यक्तिहरुले बजेट र भत्ता माग गर्नुभन्दा पनि सीप र क्षमता विकासका लागि सरकार वा नागरिक समाज संस्थाबाट सहयोग माग्नुपर्ने धारणा राख्नुभयो । आफै सक्षम भएर काम गर्ने चाहना राख्ने हो भने त्यस्ता व्यक्तिहरुको लागि स्थानीय तह वा नागरिक समाज संस्थाले क्षमता र सीप विकासका कार्यक्रमहरुमार्फत सहयोग गर्नुपर्ने प्रमुख महिला विकास अधिकृत लामिछानेको भनाई थियो ।

कार्यक्रममा दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्मा, आपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष जमुना तितुङ, साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल)का जनक कार्की लगायतले आफ्नो धारणा व्यक्त गर्नुभयो । साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल)ले एफएचआई र युएसएआईडीको सहयोगमा कार्यक्रम सञ्चालन गरेको हो । सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन हुँदै आएको साप नेपालले जनाएको छ । गैर सरकारी संस्था महासंघ नेपालको सभाकक्षमा सञ्चालन भएको कार्यक्रममा  गैसस महासंघ मकवानपुरका सचिव बोल बहादुर कार्कीको अध्यक्षता रहेको थियो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013247 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top