The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

नवोदयका विद्यार्थीहरु ‘कफी हाउस’ मा सुनिए



स्थानीय समाचार   74 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ १० बुधवार  

हेटौंडा, १० माघः एक महिनाको लेखन कार्यशाला पश्चात हेटौँडा–४ स्थित नवोदय शिशु सदनका विद्यार्थीहरुले ‘कफी हाउस’ कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । विद्यार्थीले साहित्य वाचन मार्फत सबैलाई मन्त्रमुग्ध परेका थिए ।

नवोदयका विद्यार्थीहरु ‘कफी हाउस’ मा सुनिए

एक महिनाको लेखन कार्यशाला पश्चात हेटौँडा–४ स्थित नवोदय शिशु सदनका विद्यार्थीहरुले ‘कफी हाउस’ कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । विद्यार्थीले साहित्य वाचन मार्फत सबैलाई मन्त्रमुग्ध परेका थिए ।

आज (बुधबार) हेटौँडामा भएको कार्यक्रममा  कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना कथा, कविता, लेख लगायतका रचनाहरु वाचन गरी आफुले बनाएका पुस्तकहरु समेत विमोचन गरेका थिए । उनीहरुले कार्यक्रममा उपस्थित भएका सबैको मन त जिते नै त्यसका साथै आफ्ना अभिभावकका साथमा विद्यार्थीहरुले रचना सुनाउँदा अभिभावकहरु समेत खुशी देखिए ।

कार्यक्रमका संयोजक दिपेश जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो । दु्ई चरणमा भएको कार्यक्रम अन्तर्गत पहिलो चरणका प्रमुख अतिथि अनिष न्यौपाने ‘मनको आँखा’ ले आफ्ना अनुभव सुनाउँदै अभिभावकहरुलाई आफ्ना नानीबाबुका लागि घरमा पढ्ने वातावरण तथा लेख्ने वातावरण मिलाईदिन आग्रह गरेका थिए ।

दोस्रो चरणको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार निमेष निखिलले सानैदेखि साहित्य लेखनलाई अगाडि बढाउने हो भने भोलि गएर कलमको माध्यमबाटै बाँच्नसक्ने आधारहरु प्रस्तुत गरेका थिए । यस्ता खालका कार्यक्रमबाट विद्यार्थीहरुमा भाषिक सीपको विकास हुनुका साथै आत्मबलको पनि विकास हुने नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी गराउनुभयो ।

कार्यक्रममा रोज एकेडेमीका प्रधानाध्यापक प्रकाशसुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा ७० जना विद्यार्थीहरुले आफ्ना रचना वाचन गरेका थिए ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224290   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top