The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

राक्सीराङका युनिसा र प्रमिला हराए



स्थानीय समाचार   74 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ १० बुधवार  

हेटौंडा,१० माघः मकवानपुरको राक्सीराङ गाउँपालिका–३ पलासेबाट आज (बुधबार) बिहानदेखि दुई किशोरी हराएका छन् । राक्सीराङ पलासेस्थित शिबराम रिजाल र लक्ष्मी रिजालकी १५ वर्षीय छोरी प्रमिला रिजाल र राक्सीराङ गाउँपालिका–३, कुडुलेमा बसोवास गर्दै आएकी पातली माया नेपालीकी १५ वर्षीय छोरी युनिसा नेपाली हराएका हुन् ।

मकवानपुरको राक्सीराङ गाउँपालिका–३ पलासेबाट आज (बुधबार) बिहानदेखि दुई किशोरी हराएका छन् । राक्सीराङ पलासेस्थित शिबराम रिजाल र लक्ष्मी रिजालकी १५ वर्षीय छोरी प्रमिला रिजाल र राक्सीराङ गाउँपालिका–३, कुडुलेमा बसोवास गर्दै आएकी पातली माया नेपालीकी १५ वर्षीय छोरी युनिसा नेपाली हराएका हुन् । 

प्रमिला गहुँगोरोे वर्ण, आन्दाजी ५.३ फिट उचाई भएकी र सूर्यदय उच्च मा.वि.राक्सीराङ पलासेमा कक्षा–१० मा अध्ययनरत बालिका हुन् । उनीसँगै हराएकी युनिसा गहुँगोरोे वर्ण, अन्दाजी ५ फिट उचाईको र सूर्यदय उच्च मा.वि. राक्सीराङ पलासेमा कक्षा–१० मा अध्ययनरत रहेको उनको अभिभावकले जनाएका छन् । उनीहरु दुबै आज बिहान ७ बजेतिर कोचिङ पढ्न भनी विद्यालय गएको र हालसम्म वेपत्ता रहेको प्रमिला रिजालका दाई गणेश बर्ताैलाले जानकारी दिनुभयो ।

उनीहरुलाई देख्नुहुने वा फेला पार्नुहुने जो कोहीले पनि सिविन बाल हेल्पलाइन नेपाल हेटौंडाको पैसा नलाग्ने फोन नं. १०९८ (दश—नौ—आठ) मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन सिविन बाल हेल्पलाइन मकवानपुरले अनुरोध गरेको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224293   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top