The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई



राष्ट्रिय समाचार   36 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ १८ बिहीवार  

हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219758   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top