The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

बेतिनी स्वाथ्यचौकीमा एम्बुलेन्स नहुदा बिरामीलाई सास्ती



स्थानीय समाचार   43 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ १८ बिहीवार  

हेटौडा, १८ माघ मकवानपुरको पुर्वीक्षेत्र बागमति गाउँपालिका वडा न. ८ मा रहेको बेतिनी स्वाथ्य चौकीमा एम्बुलेन्स नहुँदा विरामीहरुले अप्ठ्यारो व्यहोर्न बाध्य भएका छन् । दिनहु ३ देखि ५ जनासम्म बिरामी आउने गरेको उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकेकाहरुलाई हेटौडा लैजान समस्या परेको सो स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर वाइबाले बताए ।

मकवानपुरको पुर्वीक्षेत्र बागमति गाउँपालिका वडा न. ८ मा रहेको बेतिनी स्वाथ्य चौकीमा एम्बुलेन्स नहुँदा विरामीहरुले अप्ठ्यारो व्यहोर्न बाध्य भएका छन् । दिनहु ३ देखि ५ जनासम्म बिरामी आउने गरेको उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकेकाहरुलाई हेटौडा लैजान समस्या परेको सो स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर वाइबाले बताए । 

८ वर्ष अघि जनसमुदाय तथा दाताहरुबाट रकम संकलन गरेर ९ लाख ५० हजारमा किनेको एम्बुलेन्स पुरानो भएर काम नगर्ने भएको छ । अब पुनः नयाँ एम्बुलेन्स खरिदका लागि सहयोग गर्न राजनीतिक दलका नेता, समाजसेवी, संघसंस्था तथा प्रतिष्ठित व्यक्तिहरुसँग आग्रह गरिएको अध्यक्ष वाइवाको भनाई छ । 

पटक–पटक मर्मत गरेर संचालन गरिएको एम्बुलेन्स अब कामै नलाग्ने भएपछि सहयोगी दाताहरुसँग अनुरोध गर्न बाध्य भएको बताइएको छ । त्यसैगरी विभिन्न समस्या लिएर उपचारको निम्ति आएको विरामीहरुलाई स्वास्थ्यकर्मीहरुले राम्रो व्यवहार नगर्ने गरेको गुनासो स्थानीयले बताए । समयमा स्वाथ्यकर्मी नआउने हुनाले लामो समय कुर्नुपर्ने बाध्यता रहेको समेत स्थानीयको भनाई छ।   







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224294   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top