The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

शिक्षक संगठनमा लम्सालको नेतृत्व


स्थानीय समाचार 16 पटक पढिएको हेटौंडा अनलाईन २०७४ माघ २० शनिवार


शिक्षक संगठनमा लम्सालको नेतृत्व


हेटौंडा,२० माघः एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्षमा गोकुल लम्साल चयन भएका छन् । आज शनिबार हेटौंडामा भएको संगठनको भेलाले लम्सालको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्षमा गोकुल लम्साल चयन भएका छन् । आज शनिबार हेटौंडामा भएको संगठनको भेलाले लम्सालको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षहरुमा राजु घिमिरे, गायत्री रुपाखेती, हरिप्रसाद घिमिरे, राजाराम कार्की र खेम लामिछाने चयन भएका छन् । समितिको सचिवमा कृष्णप्रसाद खनाल, अर्थ सचिवमा प्रशान्त लामा, सहसचिवमा सुजन मुक्तान, उत्तरकुमार मुक्तान र कमला आचार्य चयन भएका छन् । साथै भेलाले धनिकलाल साहको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । 

भेलाको अवसमा संगठनले नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल ३ नं. प्रदेश सभा सदस्यहरु कुमारी मुक्तान, प्रेमबहादुर पुलामी (छिन्तु) र ओम घलान (प्रदिप वालाचन)लाई सम्मान पत्र सहित अभिनन्दन गरेको थियो । नेपाल शिक्षक महासंघका उपमहासचिव तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष पूर्ण दवाडीको प्रमुख आतिथ्यतामा भेला सञ्चालन भएको हो । संगठनका केन्द्रीय उपमहासचिव तारानाथ खतिवडा, केन्द्रीय सदस्यहरु शम्भुविक्रम लामा, कमला लामा, परशुराम गौतम, शुक्र विक, श्याम छत्कुली लगायत अतिथि रहेको कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष भोगेन्द्र लुईंटेलको सभाध्यक्षता रहेको थियो । 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013222 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top