The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

बाग्मति गोल्डकप आजबाट सुरु : उद्घाटन खेलमा बाग्मती बिजयी


खेलकुद 2 पटक पढिएको यादब चौलागाईं २०७४ माघ २६ शुक्रवार


बाग्मति गोल्डकप आजबाट सुरु : उद्घाटन खेलमा बाग्मती बिजयी


माघ २६ शुक्रवार, मकवानपुर । बाग्मती गोल्डकप आजबाट सुरु भएको छ । मकवानपुरको पुर्बी बाग्मती गाउपालिकाको मुकाम फापरबारिमा पहिलोपट्क आयोजना गरिएको बाग्मती गोल्ड्कप प्रतियोगिताको आज उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा मकवानपुर १ का सांम्सद कृश्नप्रसाद दाहालले गर्नु भएको छ ।

मकवानपुर सिन्धुली तथा अन्य रास्ट्रीय टोलि समेत सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रममा माननीय प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ, बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङ्तान,कालिका कन्ट्रस्क्सनका प्रबन्धक ठाकुर ढकाल लगायतको उपस्थिति थियो । प्रतियोगिताको सम्योजन बिकास समिती अध्यक्ष अरुन बलले गरिरहनु भएको छ । 

यस्तै आज उद्घाटन खेलमा बकैया र बाग्मती खेल्कुद बिकास समिती बिच भएको खेलमा गोल जर्सी न ८ का बाबुराम माझीले ५४ औ मिनेटमा गोल गरेका थिय । प्रतिस्पर्धात्मक पहिलो हाफ खेलमा गोल गर्न नसके पनि दोश्रो हाफमा बाग्मती गाउपालिकाको तर्फबाट ७०औ मिनेटमा माझिले गोल गरेका थिए । उक्त खेलमा माझिको उक्त गोल नै बिजयि गोल बनेको थियो भने बकैया प्रतियोगिताबाट बाहिरीएको छ भने बाग्मती क्वाटरफाइनलमा प्रबेश गरेको छ । प्रतियोगितामा १२ टोलि सहभागी छ्न भने बिजेताले नगद १ लाख प्राप्त तथा उपबिजेताले ५० हजार जित्नेछ्न ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157919 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top