The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सरकारलाई असहयोग गर्ने कर्मचारीलाई कारबाही हुन्छः मन्त्री दुलाल


स्थानीय समाचार 9 पटक पढिएको हेटौंडा अनलाईन २०७४ चैत्र ०२ शुक्रवार


सरकारलाई असहयोग गर्ने कर्मचारीलाई कारबाही हुन्छः मन्त्री दुलाल


चैत्र ०२, हेटौंडा । ३ नं. प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारलाई असहयोग गर्ने कर्मचारीलाई कारबाही हुने बताउनुभएको छ । आज शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

कर्मचारी तथा न्यायालयले सरकारको नीति अनुसार काम गर्नुपर्ने भन्दै उहाँले सरकारलाई असहयोग गर्ने हो भने त्यस्ता कर्मचारीले राजीनामा दिनुपर्ने बताउनुभयो । वामपन्थीको नेतृत्वमा सरकार बनेको र देश नयाँ दिशामा अघि बढिरहेको सन्दर्भमा कर्मचारी र न्यायालय सरकारको सहयोगी भएर काम गर्नुपर्ने भन्दै उहाँले “सरकारको काम गर्ने भनी बस्ने अनि सरकारलाई असहयोग र सरकारकै विरोध गर्नेलाई कारबाही हुन्छ”, भन्नुभयो । 

अहिले पनि मुलुकमा संघीयतालाई असफल पार्न एकाथरी शक्ति लागिपरेको बताउनुहुँदै मन्त्री दुलालले अहिलेका सबै जनप्रतिनिधि आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम भएको जिकिर गर्नुभयो । कतिपयले शिक्षा, किताबी ज्ञानका कुरा ल्याएर जनप्रतिनिधिलाई हतोत्साहित गर्न खोजिरहेको भन्दै उहाँले आफ्नो जिम्मेवारीबारे जनप्रतिनिधि सचेत भएको बताउनुभयो । “न्याय मनले महसुस गर्ने कुरा हो, उत्पीडितलाई न्याय दिलाउने मामिलामा राजनीतिकर्मी नै बढी सक्षम हुन्छन्, जनप्रतिनिधि कमजोर छैनन्”, उहाँले भन्नुभयो ।   

प्रदेश सरकारलाई जति कम अधिकार दियो उति नै संघीयता कमजोर हुने भन्दै मन्त्री दुलालले संघीयताको बिरोधी शक्तिहरु प्रदेश सरकारलाई जतिसक्दो कम अधिकार दिनेतर्फ देखिएको बताउनुभयो । संघीयता कार्यान्वयनका लागि कर्मचारीको पनि उत्तिकै भूमिका हुने भन्दै उहाँले सबै पक्षलाई सरकारको यस प्रयासमा सकारात्मक भूमिका निर्वाहको अपेक्षा गर्नुभयो । 

संघीयतामा लैंगिक उत्तरदायी सार्वजनिक सेवा विषयक कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका सामाजिक विकासमन्त्री दुलालले पछाडी पारिएका वर्ग, लिङ्ग तथा समुदायको मनोविज्ञानमा परिवर्तनको आवश्यकता औंल्याउनुभयो । “मनोविज्ञानमा परिवर्तन जरुरी छ, आफैले आफैलाई कमजोर नसोचौं”, उहाँले भन्नुभयो । ३ नं. प्रदेशको मकवानपुर, चितवन र पर्सा जिल्लाका जनप्रतिनिधिहरु सहभागी कार्यशाला शुक्रबार र शनिबार सञ्चालन हुनेछ । कार्यक्रममा मकवानपुर महिला समूहकी अध्यक्ष ईश्वरी बानियाँको सभाध्यक्षता रहेको थियो । 



कार्यशालाको उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री युवराज दुलाल र अन्य अतिथिहरु ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका प्रमुख हिदम लामा, महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख विष्णुकुमारी लामिछाने, बरिष्ठ पत्रकार प्रताप विष्ट, महिला अधिकार मञ्चका केन्द्रीय अध्यक्ष बिमला घिमिरे, जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद भट्ट, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, गैर सरकारी संस्था महासंघ मकवानपुरका सचिव बोल बहादुर कार्की लगायतको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

वक्ताहरुले यस प्रकारको कार्यक्रमलाई जनप्रतिनिधिलाई सहयोग पुग्ने भन्दै कार्यशाला सफलताको कामना गर्नुभयो । एक्सन एड्का मालती मास्केले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको कार्यक्रममा मकवानपुर महिला समूहका उपाध्यक्ष राधिका चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।   


कार्यशालामा शुभकामना मन्तव्य दिनुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी र कार्यक्रमका अतिथि तथा सहभागीहरु ।

एक्सन एड्को सहयोगमा मकवानपुर महिला समूहले कार्यशालाको आयोजना गरेको हो । कार्यक्रममा न्यायिक समितिको काम कर्तव्य तथा अधिकार, नीतिगत अभ्यास तथा चुनौती तथा अवसर, गुणस्तरीय । लैंङ्गीक उत्तरदायी सार्वजनिक सेवाहरु र स्थानीय सरकारको भूमिका तथा स्थानीय तहमा समृद्धिः राजश्व परिचालनको अवसर तथा चुनौती जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

छलफलमा एक्सन एड्का मालती मास्के, देवेन्द्रप्रताप सिंह र डम्बर खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ राष्ट्रिय महिला अधिकार मञ्चका बिजु कँडेल, पर्साका कोपिला चौलागाई र चितवनका सुजाता बर्तौलाले सहजीकरण गर्नेछन् । प्रस्तुत कार्यपत्रमाथि छलफल र निचोड निकाल्दै भोली शनिबार कार्यक्रम समापन हुने आयोजक मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले जानकारी दिनुभयो । 

कार्यशाला उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।



सम्बन्धित तस्विरहरु

कार्यशाला उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।
कार्यशालामा शुभकामना मन्तव्य दिनुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी र कार्यक्रमका अतिथि तथा सहभागीहरु ।
कार्यशालाको उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री युवराज दुलाल र अन्य अतिथिहरु ।

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157300 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top