The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

हल्लाको भरमा राजधानी सर्दैनः प्रचण्ड


स्थानीय समाचार 101 पटक पढिएको हेटौंडा अनलाईन २०७४ चैत्र ०७ बुधवार


हल्लाको भरमा राजधानी सर्दैनः प्रचण्ड


चैत्र ०७ बुधवार। हेटौंडा,७ चैत्रः नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हल्लाको भरमा प्रदेशको राजधानी स्थानान्तरण नहुने बताउनुभएको छ ।

हेटौंडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आज बुधबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेशको राजधानी, नामाकरण जस्ता विषयको अधिकार प्रदेशसभालाई मात्रै भएकोले प्रदेशसभाले नै यि विषयको टुंगो लगाउने भन्दै प्रचारवाजीले मात्र केही फरक नपर्ने बताउनुभयो । 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले वर्तमान सरकार सुशासन र स्थायित्व मार्फत विकासलाई कसरी गति दिने भन्नेतर्फ केन्द्रित भएको बताउनुभयो । कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको र यस सरकारले २ नं. प्रदेश सरकारको नेतृत्व गर्ने मधेशवादी दलहरुको पनि विश्वासको मत प्राप्त गरेकोले यो सरकारले देशलाई गति दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको सरकारलाई सुशासन र स्थायित्व मार्फत विकासलाई गति दिने बाहेक अन्य चुनौती नभएको स्पष्ट पार्नुभयो । 

स्थानीय तह तथा संघीय र केन्द्रीय सरकार पनि आफ्नो क्षेत्राधिकारभित्र बसेर जनतालाई प्रत्यक्ष रुपले परिणाम दिनेतर्फ केन्द्रित भइरहेको भन्दै अध्यक्ष प्रचण्डले “हाम्रो ध्यान परिणाम निकाल्नेतिर छ”, भन्नुभयो । अध्यक्ष प्रचण्डले मुलुकको समृद्धि र विकासका लागि यतिबेला “एउटा राष्ट्रिय संकल्पको खाँचो छ”, भन्नुभयो । ऐनको अभावमा काम गर्न कठिनाई भइरहेको भन्दै उहाँले सरकार अब आवश्यक ऐन ड्राफ्ट गर्ने तयारीमा लागेको जानकारी गराउनुभयो । 






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13158365 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top