The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

भुकम्पपीडित महिलाहरुको आर्थिक अवस्थालाई सबल बनाउन परियोजना


स्थानीय समाचार 85 पटक पढिएको हेटौंडा अनलाईन २०७४ चैत्र ०७ बुधवार




हेटौडा, ७ चैत्र | भुकम्पपीडित महिलाहरुको आर्थिक अवस्थालाई सबल बनाई जविकोपार्जनमा सहयोग पुयाउने उदेश्यले सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजनाको समीक्षा गरिएको छ । नारीसिप सृजना केन्द्र र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित परियोजना सकिएसँगै आइतबार जिल्लाका सरोकारवालाको सहभागितामा समीक्षा गरिएको हो ।

सन् २०१७ अप्रिलबाट सुरु गरिएको परियोजनाको २०१८ मार्चसम्म भएका परियोजनाको क्रियाकलापको सरकारी निकायका प्रतिनिधि तथा जनप्रनिधिसहितको टोलीले गत शुक्रबार अनुगमन गरेको थियो । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु, २ कुलेखानी, ३ सिस्नेरी, ४ र ५ फाखेल, थाहानगरपालिका वडा नम्बर ९ र १० चित्लाङ, भिमफेदी गाउँपालिका वडा नम्बर ९, कैलाश गाउँपालिका वडा नम्बर ९ र १० नामटार, वडा नम्बर ३ र ४ कालिकाटार, वडा नम्बर ७ र ८ भार्तामा परियोजना सञ्चालन गरेको थियो ।

परियोजना अन्तरगत खानेपानी, सिंचाई, तरकारी खेती, पशुपालन, माछापालन, विपद जोखिम न्यूनिकरण सम्बन्धी तालिम तथा सामग्री वितरण, कृषि औजार वितरण लगाएतका कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा परियोजनाको प्रगतिबारे फिल्ड संयोजक स्मृती सापकोटाले प्रस्तुतीकरण गरेकी थिइन् । दुई करोड ५१ लाख ७ सय ६७ रुपियाँ कुल बजेट रहेको परियोजनाको दुई करोड ३७ लाख ७५ हजार ९ सय ५२ रुपियाँ खर्च भएको जनाइएको छ ।

जिल्ला परियोजना सल्लाहकार समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा समन्वय समिति मकवानपुरकी उपाध्यक्ष भगवती पुडासैनी, मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकलगायतको आतिथ्यता रहेको थियो । 






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157299 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top