The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बकैयाको दोस्रो गाउ सभा आजबाट सुरु


स्थानीय समाचार 92 पटक पढिएको हेटौंडा अनलाईन




बकैया,७ चैत | बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालले अध्यक्षता गर्नु भएको सभामा दोस्रो संसोधित नीति तथा कार्यक्रम लगायत विभिन्न ऐन कानुनी बिधेयकहरु माथी छलफल चलेको छ ।

बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालले अध्यक्षता गर्नु भएको सभामा दोस्रो संसोधित नीति तथा कार्यक्रम लगायत विभिन्न ऐन कानुनी बिधेयकहरु माथी छलफल चलेको छ । 

सभामा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले समग्र गाउँपालिकाको आर्थिक नीति तथा राजस्व सम्बन्धि बिधेयक प्रस्तुत गर्नु भएको थियो । सभामा स्वास्थ सम्बन्धी नीति कार्यपालिका सदस्य रामबहादुर मोक्तान, गाउँ शिक्षा नीति कार्यपालिका सदस्य सोमबहादुर तिमल्सिना, सहकारी नीति राजन दङ्गाल, तेस्तै कृषि एऐन फुलबहादुर भोम्जन, न्यायिक बिधेयक लक्ष्मी माझी, तथा गोपाल न्यासुर ले आ-आफ्नो नीति तथा तोकिएको बिधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । आज बुधबारबाट चलेको सभा प्रस्तुत बिधेयक माथी दफावार छलफल गर्दै शुक्रबार पारित सम्ममा पारित गरिने छ । सभामा बकैयाका निर्वाचित ६२ सदस्यिय निर्वाचित पदाधिकारी तथा मनोनित ४ सहित जनप्रतिनिधि सहभागी छ्न । विभिन्न कानुन तथा बिधेयक निर्माणमा कोसेढुङ्गो मानिएको सभामा प्रशाशकिय अधिकृत ताराप्रसाद आचार्य लगायत बिभिन्न शाखा महाशाखा कर्मचारिले सहजीकरण गरेका छन । रास्ट्रीय गौरवको महत्वाकांक्षी सडक तराइ मधेश द्रुत मार्ग तथा धरान चतरा हेटौंडा सडक सन्जालको मद्य भागमा पर्ने बकैया गाउँपालिकाको सामरिक महत्त्वको रुपमा रहेको छ भने बिकट अबस्थामा रहेको १२ वडा मा ६ करोडको सडक सन्जाल समेत उपभोक्ता समिति मार्फत निर्मानाधिन छ्न ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157298 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top