The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने हुनसक्छः अध्यक्ष रेग्मी


राष्ट्रिय समाचार 2 पटक पढिएको हेटौंडा अनलाइन २०७४ चैत्र १० शनिवार


सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने हुनसक्छः अध्यक्ष रेग्मी


चैत्र १० शनिवार । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष गणेश रेग्मीले मजदुरको माग पूरा नगरे सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने अवस्था पनि आउनसक्ने बताउनुभएको छ ।

आज हेटौंडा औधोगिक क्षेत्रस्थित कार्यक्रम हलमा मजदुरहरुलाई श्रम ऐन र सामाजिक सुरक्षा ऐन सम्बन्धी प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान वामपन्थी सरकारले मजदुरको जीवनस्तर उकास्न काम गर्ने अपेक्षा गर्दै उहाँले केही समय यो सरकारको काम हेर्ने र राम्रो काममा मजदुरहरुले साथ दिनुपर्ने बताउनुभयो । 

वर्तमान सरकार रेल, सडक, विद्युतीय योजना जस्ता विकासका पक्षमा ध्यान दिँदै गर्दा यसले मजदुरको हितमा कत्तिको काम गर्छ भन्ने कुरामा मजदुरहरुले ध्यान दिइरहेको अध्यक्ष रेग्मीको भनाई थियो । उहाँले आधारभूत वर्गको उत्थानका लागि वामपन्थी सरकारले काम गर्ने अपेक्षा लिइएको र अपेक्षा पूरा नभए सरकारबिरुद्ध संघर्षमा उत्रन पनि तयार रहन मजदुरहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष रेग्मीले सांगठनिक गतिविधि, पार्टीको नीति तथा कार्यक्रम जस्ता विषयमा जानकारी गराउँदै श्रम ऐन र सामाजिक सुरक्षा ऐनको बारेमा मजदुरहरुलाई प्रशिक्षण दिनुभएको थियो । 


प्रशिक्षण कार्यक्रममा सहभागी अतिथिहरु

महासंघका जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष रामशरण घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष जय कार्की, नेकपा (माओवादी केन्द्र)का हेटौंडा उपमहानगरपालिका अध्यक्ष ललित घलान, अटोमोबाईल संघका केन्द्रीय अध्यक्ष शेरबहादुर तामाङ, मजदुर नेताहरु जंगबहादुर विश्वकर्मा, ज्ञानेन्द्र लामिछाने लगायतका अतिथि रहेका थिए ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरु

महासंघमा आबद्ध विभिन्न घटकहरु सेक्युरिटी मजदुर संघबाट नवराज ढकाल, निर्माण मजदुर संघबाट मनकुमार लामा, औद्योगिक मजदुर संघबाट हेम न्यौपाने, यातायात मजदुर संघबाट देव लामा, बहुराष्ट्रिय कम्पनीबाट जयराम धिताल, ई–रिक्सा मजदुर संघबाट कृष्ण रेग्मी, हेटौंडा उपमहानगरपालिका मजदुर संघबाट ठाकुरदत्त खतिवडा र भीमफेदी गाउँपालिकाबाट अमृत बलले अ–आफ्नो सांगठनिक रिपोर्ट प्रस्तुत गरेका थिए ।


सम्बन्धित तस्विरहरु

प्रशिक्षण कार्यक्रममा सहभागीहरु
प्रशिक्षण कार्यक्रममा सहभागी अतिथिहरु

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता

धमिलो पानीमा माछामार्ने दाउ-सभामुख श्रेष्ठ

सार्वननिक विदा काट्दै सरकार ( ल्होसार, घटस्थापाना देखि छठ र क्रिशमस समेत कटौती हुने, सूचि सहित)

हेटौडालाई राम्रो बनाउन सरोकार केन्द्रको यस्तो छ ११ सुझाव

सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने हुनसक्छः अध्यक्ष रेग्मी

प्रदेश सरकारको आर्थिक कार्यविधिबारे छलफल हुने

एमाले–माओवादी पार्टी एकताः २२ अप्रिलमा गर्न कार्यदलको सुझाव

“श्यामप्रसाद प्रतिष्ठान” स्थापना गर्ने निर्णय

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157365 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top