The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

पृथ्वीजस्तै तीनवटा ग्रह



विज्ञान प्रबिधि   149 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख १२ मंगलवार  

हेटौंडा अनलाईन वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन् ।

पृथ्वीजस्तै तीनवटा ग्रह

खगोलसशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन् । जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् ।

पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ । स्रोत: अनलाईन पत्रिका 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224877   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top