The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

वाइफाइ सिग्नलमा समस्या आयो



विज्ञान प्रबिधि   99 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख १२ मंगलवार  

हेटौंडा अनलाईन केवल इन्टरनेटभन्दा वाइफाइलाई धेरै नै उच्चस्तरको प्रविधि मानिन्छ । वाइफाइमा इन्टरनेटको स्पिड केवल इन्टरनेट बराबर जस्तै हुन्छ र कहिलेकाँही अझै छिटो पनि हुन्छ । तर, कुनै कुनै अवस्थामा साँच्चै वाईफाईको सिग्नल कम हुँदा वा वाइफाइले काम नगर्दा हामीलाई धेरै नै रिस उठ्छ ।

वाइफाइ सिग्नलमा समस्या आयो

वाइफाइ सिग्नलमा समस्या आयो, कनेक्सन टुट्यो वा वाइफाइको सिग्नल साह्रै नै ढिलो भयो भने त्यसले हाम्रो समयको बर्बाद गर्छ । तर हामीले अलिकति चलाखि अपनायौं भने वाइफाइको सिग्नल बढाउन सक्छौं ।

वाइफाइ कनेक्सन सुधार्न सकिने धेरै उपायहरु छन् ति मध्ये बियरको क्यान प्रयोग गरेर पनि वाइफाइ कनेक्सन सुधार्न सकिन्छ । बियर नपिउने मानिसले सोडाक्यानको प्रयोग गर्न पनि सकिन्छ ।

पहिले पहिले टिभी एन्टेनामा आल्मुनियमको पत्ता थपेको जस्तै आजकालका राउटरहरुलाई पनि हामीले बियरको क्यान काटेर जोडिदिने हो भने त्यसले वाइफाइको सिग्नल बढाउन मद्धत गर्छ ।

यसको लागि हामीले सबैभन्दा पहिले एउटा क्यान सफा गरेर त्यसलाई काटेर पत्ता जस्तो बनाएर राउटरमा जोड्नुपर्छ । यति गरिसकेपछि वाइफाइको सिग्नल डेढ गुणा सम्म बढाँउछ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224221   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top