The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

केवल सोच्दैमा चल्नेछ किबोर्ड



विज्ञान प्रबिधि   52 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख १२ मंगलवार  

हेटौंडा अनलाईन फेसबुकको विशेष टिम ‘बिल्डिङ ८’ की प्रमुख डा… रेगिना डगन डेव ली/फेसबुकले आफू एउटा यस्तो प्रविधिमाथि काम गरिरहेको बताएको छ, यदि त्यो सफल भएमा तपाईले कम्प्युटरलाई तपाईले मष्तिष्कले नियन्त्रण गर्नसक्नेछ । यसो भएमा तपाई टाइप पनि गर्नु पर्दैन, मष्तिष्कले नै टाइप गर्नेछ ।

केवल सोच्दैमा चल्नेछ किबोर्ड

उक्त सफ्टवेयर ‘साइलेन्स स्पीच’को सहयोगमा मानिसले १०० शब्द प्रतिमिनेटको गतिमा टाइप गर्न सक्नेछन् त्यो पनि किबोर्ड नचलाइकन ।

यो परियोजनाको सुरुमा सर्जरीबिना नै दिमाग मष्तिष्कको तरंग समाउन सक्ने प्रविधिको आवश्यक पर्दछ ।

विचारको डिकोडिंग

फेसबुकका रेगिना डगन भन्छिन्, ‘हामी तपाईको विचारलाई डिकोड गर्ने कुरा गरिरहेका छौं । तपाईसँग धेरै विचारहरु छन् । तपाई ती मध्ये कुन कुरा बाँढ्न चाहनुहुन्छ, त्यो चुन्न सक्नुहुन्छ ।’

उनी भन्छिन्, ‘हामी ती शब्दहरुको अर्थलाई उद्घाटन गर्ने कुरा गरिरहेका छौं । साइलेन्ट स्पीचसँग इन्टरफेसमा हरेक गति र उतारचढावको आवाज बुझ्ने क्षमता हुनेछ ।’

फेसबुकको विशेष टिम : बिल्डिंग ८

रेगिना डगनसहितको फेसबुकको एक विशेषज्ञ समूह ‘बिल्डिंग ८‘ को नेतृत्व गरिरहेको छ । यो समूहले फेसबुकको लागि हार्डवेयर र सफ्टवेयरको क्षेत्रमा अनुसन्धान गर्दछ । यस सोशल मीडिया कम्पनीले उक्त टिममा ६० वैज्ञानिक र विशेषज्ञ सहभागी गराएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो पेजमा लेखेका छन्, ‘हाम्रो मष्तिष्क हरेक सेकेन्ड यति धेरै डाटा प्रोसेस गर्दछ जुन चार एचडी फिल्ममा हुनेगर्दछ ।’

उनले लेखेका छन्, ‘संसारबाट जानकारी बाहिर ल्याउने सबैभन्दा उन्नत तरिका भनेको कुराकानी नै हो तर समस्या यो छ कि मष्तिष्कबाट त्यति त्यति डाटा पठाउन सकिन्छ जति १९८० को मोडेमबाट पठाइन्थ्यो ।’

जुकरवर्गले लेखेका छन्, ‘हामी एउटा यस्तो प्रविधिमा काम गरिरहेका छौं, जसको माध्यमबाट तपाई आफ्नो दिमागबाटै टाइप गर्न सक्नुहुन्छ । यसबाट तपाईले आफ्नो फोनमा टाइप गर्न सक्ने भन्दा पाँच गुणा छिटो टाइप गर्न सक्नुहुन्छ ।’

उनले फेसबुक यस्तो शरीरमा कुनै लगाउन सकिने डिभाइसको रुपमा विकास गर्न चाहने बताएका छन् । यस्ता यन्त्रहरुलाई ठूलो संख्यामा उत्पादन कसरी गर्न सकिन्छ भनेर पनि फेसबुकले सोचिरहेको उनले जानकारी दिए ।

उनी भन्छन्, ‘हाम्रो मष्तिष्कले दिएको सामान्य हुन्छ वा हुँदैन भन्ने निर्देशन पनि ओगमेन्टेड रियालिटी (वास्तविक संसारका जानकारीलाई कम्प्युटरले बनाएको तस्बिरसँगै देखाउने प्रविधि) जस्ता वस्तुहरुलाई धेरै प्राकृतिक बनाइदिनेछ ।

कन्फरेन्समा मानिस छालामार्फत सुन्ने काममा सहभागी हुन्छन् । यो ब्रेल लिपी जस्तो हुन्छ । यसमा सूचना पठाउनको लागि छालाको प्रेसर प्वाइन्टलाई प्रयोग गरिन्छ ।

भविष्यको प्रविधि

डगन भन्छिन्, ‘एकदिन, यो कुरा एकदमै टाढा छैन, जब मेरो लागि यो सम्भव हुनेछ कि म कुनै भाषामा सोच्नेछु र तपाई तपाईकै भाषामा तत्काल बुझ्नुहुनेछ ।’

यी सबै घोषणाको साथ फेसबुक भविष्यको प्रविधिको बारेमा पनि सोचिरहेछ छ जसले आज सम्भव भएका प्रविधिभन्दा धेरै अगाडि छ ।

डगन रमाइलो गर्दै भन्छिन्, ‘अहिलेको जटिल मष्तिष्कमाथि नियन्त्रण गर्नको लागि एउटा कम्प्युटर चिप्स लगाउनुपर्ने हुनसक्छ ।’

यद्यपि, मष्तिष्कमाथि नियन्त्रण गर्ने बाहिरी प्रविधि त बजारमा उपलब्ध छ, तर यससँग तुलना गर्न सकिँदैन । इलेक्ट्रोइनसिफैलोग्रा अथवा ईईजी यस्तै एक प्रविधि हो ।

यसबाट मष्तिष्कको इलेक्ट्रिक तरंगहरु देख्न सकिन्छ । फेसबुकले एउटा जानकारी सार्वजनिक गर्दे भनेको छ, ‘हामीलाई कुनै यस्ता सेन्सरहरुको आवश्यकता हुन्छ, जसले मष्तिष्कको गतिविधहरुलाई हरेक एक सेकेन्डमा सयपटक आंकलन गर्न सकोस् ।’ स्रोत: सझापोस्ट 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224878   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top