The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

जनमको सम्झनामा शोकसभा


स्थानीय समाचार 2 पटक पढिएको २०७४ चैत्र २३ शुक्रवार


 जनमको सम्झनामा शोकसभा


मकवानपुर, २३ चैत । नेकपा (माओवादी केन्द्र ) हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज नेवारपानीमा शोकसभा गरिएको छ । पार्टीका वडा सदस्य जनम सिं गोलेको मृत्यू भएको १३ औँ दिन पारेर शोकसभा गरिएको हो ।

गोले सवार मोटरसाईकललाई चैत्र १० गते हेटौँडा तिनताप्केमा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको थियो । वि.सं. २०४९ साल पुष ९ गते जन्मेका गोलेको २५ वर्षकै उमेरमा दुर्घटनामा परि मृत्यू भएको हो । बुवा रामबादुर गोले र आमा बबिता गोलेका एकमात्र छोरा स्वर्गीय जनमको श्रीमती (रमिला गोले) र एक छोरा (शिशिर गोले) रहेका छन् ।

जनम बालिग अवस्थादेखि नै माओवादी केन्द्रमा क्रियाशिल थिए । शोकसभामा नेकपा (माओवादी केन्द्र ) पार्टीका जिल्ला संयोजक एवं प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला नेताहरु ललित घलान, कमान सिं पाख्रिन पृथक, विवेक राई, १९ न.वडाको निर्वाचित अध्यक्ष नरराज सुवेदी,  माओवादी केन्द्र नेताहरु रामहरी सुबेदी, जिल्ला सल्लाहकार बुद्धरत्न लामा, वडा सचिव ठिसाङ लामा, भुवन खनाल लगायतले उनको योगदानको चर्चा गर्दै शोक व्यक्त गरेका थिए । कार्यक्रम १९ नम्बर वडा कमिटिका पार्टी अध्यक्ष पूर्णबहादुर वाईबा च्याङ्बाको अध्यक्षतामा भएको हो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157370 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top