The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

वाम एकता अहिलेको जनचाहना : कुमारी मोक्तान


स्थानीय समाचार 3 पटक पढिएको हेटौंडा अनलाईन २०७४ चैत्र २४ शनिवार


वाम एकता अहिलेको जनचाहना  : कुमारी मोक्तान


चैत्र २४ शनिवार। प्रदेश नं ३, मकवानपुर । प्रदेश नम्बर ३ का संसदीय दलका उपनेता एवं सांसद कुमारी मोक्तानले वाम एकता अहिलेको जनचाहना भएको भन्दै युवाहरुलाई सचेत रहन आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएलको भिमफेदी गाउँपालिका भेलालाई शनिवार सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले वाम कम्युनिष्टबिच फाटो निम्त्याउने खेल भएपनि त्यो सफल भने नहुने बताईन् ।

उनले छिट्टै नै पार्टी एकता हुने दाबी समेत गरिन्। उनले देश राजनीतिक क्रान्तिभन्दा अघि बढेको बताउँदै अब देशले आर्थिक समृद्धि हासिल गर्नेमा विश्वस्त रहन पनि सबैलाई आग्रह गरिन् । 

वाईसिएल भिमफेदी गाउँपालिकाको भेलाले नवराज मोक्तानको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिती चयन गरेको छ । भेलाले उपाध्यक्षमा प्रदिप वाईवा र अनिल लामा, सचिवमा लेखराम लामा, सहसचिवमा मिलन गोले र कोषाध्यक्षमा चन्द्र सिकारीलाई चयन गरेको हो । अमृत लामाको अध्यक्षतामा भएको भेलामा वाईसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे, पार्टीका जिल्ला कार्यालय सदस्य कमान सिं पाख्रिन ‘पृथक’, माओवादी केन्द्र भिमफेदी गाउँपालिका ईन्चार्ज प्रमिला लामा, वाईसिएल मकवानपुर अध्यक्ष सुमन पाख्रिन, भिमफेदी गाउँपालिका पार्टी अध्यक्ष बद्री स्याङ्तान, उपाध्यक्ष अप्सरा लोप्चन, वडाध्यक्ष प्रितिलाल मोक्तान,शिक्षक गाउँपालिका सचिव देवराज देवकोटा, मजदुर नेता अमृत बल लगायतले मन्तव्य राखेका थिए ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157369 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top