The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान


कला साहित्य 81 पटक पढिएको हेटौडा अनलाइन २०७४ चैत्र २४ शनिवार


झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान


हेटाैँडा, २४ चैत । झरना साहित्यिक परिवार मकवानपुरकाे अायाेजनामा अाज हेटाैँडामा शिव - सावित्री मुक्तक साहित्य सम्मान एवम् मुक्तक साँझ -२०७४ सम्पन्न भएकाे छ । झरनाका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता एवम् वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कैलालीका मुक्तककार निर्दाेष डेविटलाई नगद रु. ५५५५/- राशिसहितकाे शिव- सावित्री मुक्तक साहित्य सम्मान -२०७४ बाट सम्मानित गरिएकाे छ ।

उक्त सम्मान रमेशमाेहन अधिकारीले अाफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको हाे । त्यस्तै मुक्तक साँझकै अवसरमा अायाेजित खुला मुक्तक प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई  पछि पार्दै मुक्तककार विधान अाचार्य उत्कृष्ट मुक्तककार -२०७४ का रूपमा नगद रू. ११११/- सहित पुरष्कृत भए । प्रतियोगितामा पुरुषाेत्तम अाचार्य,भावना सापकोटा र मनाेज पाेखरेलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियो । 

कार्यक्रममा साहित्यकारहरू निमेष निखिल, रमेशमाेहन अधिकारी, देवराज खरेल, देवराज तिवारी,  सुवास खनाल, उमेश तिमल्सिना, केशव समर्पण, शान्तिप्रिय वन्दना, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने लगायतले मन्तव्य तथा  रचना वाचन गर्नुभएको थियाे । साथै समीक्षक घनश्याम घिमिरेले मुक्तक लेखन परम्परा तथा वाचित रचनाबारे समीक्षात्मक टिप्पणी गर्नुभयाे ।

 राजनीतिकर्मी अणराज जर्घामगर र शिक्षासेवी पुरनबहादुर जाेशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार अार. सी. रिजाल, पूर्णकला घिमिरे, साहित्यसेवी मुक्तिगाेविन्द वैद्य, अर्पण पराजुली, हरिवंश भेटवाल लगायतकाे उपस्थिति थियाे । झरनाले हरेक महिना विधाविशेष साहित्य गाेष्ठी गर्नुका साथै चैतकाे चाैथाे शनिबार "टिकटमा मुक्तक" का रूपमा मुक्तक साँझ अायाेजना गर्दै अाएकाे छ ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157296 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top