The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव



स्थानीय समाचार   6 पटक पढिएको   हेटौँडा अनलाइन   २०७५ बैशाख ०५ बुधवार  

हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 


तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै सांसद कुमारी मोक्तान

कार्यक्रममा मन्तव्य दिँदै भिमफेदी– ३, का वडा अध्यक्ष प्रितिलाल लामाले तालिम लिएका महिलाहरुलाई अन्य सहयोग आवश्यक परेमा वडाले सहयोग गर्ने बताउनुभयो । ३ नं. वडाबासीको समृद्धि र विकास नै यस वडाको विकासको आधार भएको बताउँदै वडा अध्यक्ष लामाले वडाबासीको समस्या समाधानमा वडा सँधैं तयार रहेको बताउनुभयो । 

कार्यक्रममा मन्तव्य दिँदै प्रशिक्षक अञ्जु तामाङले आफूले सिकाएका केही व्यक्तिहरुले डल, कुशन बनाएर बेचेको भन्ने सुन्दा आफूलाई खुशी लागेको बताउनुभयो । तालिममा सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै प्रशिक्षार्थी मीनाकुमारी घलानले आफूलाई यस तालिमले क्रिष्टलको गहना बनाउन सक्षम बनाएको र आगामी दिनमा यही काम गर्ने सोच बनाएको बताउनुभयो । 



तालिम समापनपछि सामुहिक तस्वीर खिचाउँदै कार्यक्रमका अतिथि तथा तालिमका सहभागीहरु

कार्यक्रममा महिला एकता सार्थक समाजकी सदस्य कोपिला लामाले आफू यस तालिमको सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष रुपमा सहभागी हुँदा सहभागीहरुबाट व्यवसायिकताको अपेक्षा राखेको बताउनुभयो । महिला एकता सार्थक समाजको आयोजना तथा भीमफेदी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । क्रिष्टलको गहना बनाउने तालिममा भीमफेदी–३, आँपचौरका २३ जना, झल्कनेका २४ जना र इकचुङका २० जना महिलाहरु सहभागी थिए । त्यसैगरी झल्कनेस्थित वडा कार्यालयमा सञ्चालन भएको डल, कुशन बनाउने तालिममा २७ जना स्थानीय महिलाहरु सहभागी भएका थिए । महिला एकता सार्थक समाजका अध्यक्ष प्रमिला लामा (पुलामी)को सभाध्यक्षता तथा ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । कार्यक्रममा वडा सचिव माधवप्रसाद कँडेल, वडा सदस्य कृष्णमाया थिङ लगायतको आतिथ्यता रहेको थियो । 


तालिम समापनपछि सामुहिक तस्वीर खिचाउँदै कार्यक्रमका अतिथि तथा तालिमका सहभागीहरु

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै सांसद कुमारी मोक्तान





भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224775   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top