The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

चुनावको दिन अनुमति लिएर मात्र गाडी चलाउन पाइने


स्थानीय तह निर्वाचन 7 पटक पढिएको २०७४ बैशाख २१ बिहीवार


चुनावको दिन अनुमति लिएर मात्र गाडी चलाउन पाइने


निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सक्ने निर्णय गरेको छ ।

आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्वन्धी कार्यविधि समेत स्वीकृत गरेको छ । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्वन्धि कार्यविधि आयोगले स्वीकृत गरेको हो । आयोगका अनुसार, संयुक्त राष्ट्रसंघका नियोग, राष्ट्रिय सञ्चारमाध्यम, कुटनीतिक नियोगका नियमित कार्यालयको प्रयोजन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कार्यालय, पर्यटक तथा उड्डयन सम्वन्धी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्याललाई पनि त्यस दिनको लागि सवारी साधान सञ्चालनको लागि विशेष पास उपलब्ध गराइने छ ।

मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।आयोगले उ्रम्मेदवारले सम्वन्धित तहको निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधान प्रयोग गर्न पाउने छन् ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864408 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top