Hetauda Online - गृह राज्यमन्त्रि इन्द्र बानियाको भोट माओबादी केन्द्रको हसिया हतौडालाइ
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

गृह राज्यमन्त्रि इन्द्र बानियाको भोट माओबादी केन्द्रको हसिया हतौडालाइ


स्थानीय समाचार 16 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २७ बुधवार


गृह राज्यमन्त्रि इन्द्र बानियाको भोट माओबादी केन्द्रको हसिया हतौडालाइ


हेटौंडा अनलाईन चुनाबी सभाहरुमा आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका मकवानपुर नेपाली कांग्रेसका सभापति इन्द्र बहादुर बानियाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्दै हुनुहुन्छ।

गृह राज्यमन्त्रि समेत रहनु भएका बानियाले वैशाख ३१ गते हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ दोभानचौर स्थित कमला निम्न माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर गोलाकारभित्रको हसिया हथौडा चिन्हमा मतदान गर्दै हुनुहुन्छ। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौडा उपमहा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस र माओवादीकेन्द्र बीच समझदारी भए अनुसार हेटौडा उपमहानरपालिकाको प्रमुख पदमा नेपालि कांग्रेसको तर्फबाट आनन्दराम पराजुलीलाइ माओबादी केन्द्र मकवानपुरले समर्थन गर्ने र उपप्रमुख पदमा माओबादी केन्द्रका प्रत्यासी बलराम बललाइ नेपाली कांग्रेसले समर्थन गर्ने गरी निर्वाचनमा तालमेलको निर्णय भएपछी तालमेलका आधारमा गृह राज्यमन्त्रि बानिया सहित हेटौडा उपमहानगरपालिकामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले उपमेयर पदका प्रत्यासी बलराम बललाइ जिताउन गोलाकारभित्रको हसिया हथौडा चिन्हमा मतदान गर्दै हुनुहुन्छ। यता माओबादी केन्द्रका नेता तथा कार्यकर्ताले मेयर पदका प्रत्यासी आनन्दराम पराजुलीलाई जिताउन कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्दै हुनुहुन्छ। 

हेटौडा उपमहानगरपालिकामा माओवादीकेन्द्रका नेता बलराम बल र कांग्रेसका नेता आनन्दराम पराजुली आफ्ना कार्यकता सहित मतदाता समक्ष पुगेर संयुक्त रुपमा भोट मागिरहनु भएको छ। मेयर र उपमेयर मध्ये एक जना महिला हुनै पर्ने संवैधानिक व्यवस्था भएपनि हेटौडा उपमहानगरपालिकामा कांग्रेस र माओवादीको तालमेल अनुसार मतदान भएको अवस्थामा मेयर र उपमेयर दुवै पुरुष नेतृत्व हुनेछन्।

मकवानपुर नेपाली कांग्रेसका सभापति इन्द्र बहादुर बानियाले मकवानपुर जिल्लाका कार्यकर्तालाई रुख चुनाव चिन्हमा मतदान गरी आफनो पार्टीका उम्मेदवारलाई र तालमेल गरेको पार्टीका उम्मेदवारको चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा चिन्हमा मतदान गरि  जिताउन अपिल गर्दै आउनु भएको छ।




सम्बन्धित तस्विरहरु

मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाको मतदाता नामावाली डीटेल्स

कमेन्टसहरु





12746023 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top