Hetauda Online - के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


स्थानीय तह निर्वाचन 52 पटक पढिएको हेटौंडा अनलाईन २०७४ बैशाख २९ शुक्रवार


के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?


हेटौंडा अनलाईन संवाददाता स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।

 बिहिबार राति १२ बजे बाट सुरुभएको मौन अबधिमा कुनै पनि राजनैतिक दल ले मतदाता संग्ग भोट माग्न पाउने  छैनन आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।

स्थानीय तहको निर्वाचनमा सामाजिक संजाल फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ । यी आचार संहिता पालन नगर्ने राजनैतिक दल तथा सामाजिक संजाल प्रयोग कर्ता समेत निर्वाचन कानुन अनुसार कारबाहीमा पर्न सक्ने छन् ।





कमेन्टसहरु



ताजा समाचार



12629479 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top