The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

राजनैतिक दलको उम्मेदवार बनेका मकवानपुरका पत्रकार बिरुद्द महासंघमा उजुरी दर्ता


स्थानीय समाचार 11 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २९ शुक्रवार


राजनैतिक दलको उम्मेदवार बनेका मकवानपुरका पत्रकार बिरुद्द महासंघमा उजुरी दर्ता


हेटौंडा अनलाईन पत्रकार महासंघ मकवानपुरमा मकवानपुर जिल्लामा बिभिन्न दलको टिकटमा उम्मेदवार बन्नु भएका पत्रकारहरुको महासंघको सदस्याता खारेजीको माग गर्दै इश्वर न्यौपानेले उजुरी दर्ता गर्नुभएको छ ।

पत्रकारहरु पत्रकार आचारसंहिता प्रति सजग भैइ रहनु पर्ने र पत्रकार महासङ्घ को बिधान को अधीनमा बस्नु पर्ने कुरा त प्रष्ट छदै छ अझै  निर्वाचन को समय मा झनै संबेदनसिल र सन्तुलित भै आफ्नो संचार माध्यम बाट समाचार विचार र बिज्ञापन,सम्प्रेषण गर्नुपर्ने हो, नैतिक रुप मा समर्थन गर्नु र गोप्यरुपमा आफ्नो मताधिकार प्रयोग गर्नु स्वभाविक हो तर प्रत्यक्ष रुपमा यो वा त्यो पार्टी वा व्यतिको पक्ष मा उभिनु अझ पत्रकार आफै दलिय चुनाव चिन्ह लिएर चुनावी उम्मेदवार बन्नु कति सम्मको ब्यवसायीक धर्म निर्वाह हो पत्रकारले सन्तुलितरुपमा प्रेस स्वतन्त्रताको सीमाभित्र रही आचारसंहिताको पालना गर्दै ऐतिहासिक स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्ने र  प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार महासंघ क्रियाशील रहनु पर्नेमा महासंघका सदस्य पत्रकार आफै दलीय चुनाब चिन्ह लिएर चुनाब लड्दै हिंड्दा के होला पत्रकारिताको भविष्य भन्दै पत्रकार महासंघ मकवानपुरमा मकवानपुर जिल्लामा बिभिन्न दलको टिकटमा उम्मेदवार बन्नु भएका पत्रकारहरुको महासंघको सदस्याता खारेजीको माग गर्दै इश्वर न्यौपानेले उजुरी दर्ता गर्नुभएको छ । पत्रकार महासंघको बिधान अनुसार कार्वाही हुने हो भने मकवानपुरका नाम चलेका पत्रकारहरु  सबिन न्यौपाने, सन्तोष न्यौपाने, नविन सिग्देल, देवराज रिमाल, कुमार नेगी र धुर्ब राज ढकाल को महासंघको सदस्याता खारेज हुने छ ।

अरुलाई सहि मार्ग प्रसस्त गर्न तट्स्थ र निष्पक्ष भुमिकामा रहनु पर्ने पत्रकारिता जस्तो महत्त्वपूर्ण पेशामा आबद्ध आम पत्रकारहरु यति महत्त्वपूर्ण एतिहासिक सन्दर्भमा थप मर्यादित,जिम्मेवार र उत्तरदायी  हुन पर्नेमा दलगत धारण र दलगत स्वार्थमा लागेकाले यस्ता दलिय उम्मेदवार पत्रकार हरुले चुनाबी हार जीत पछी पुनः पत्रकारिता गर्दा र पत्रकार महासङ्घ को सदस्य हो,भन्न पनि असान्दर्भिक होला जस्तो लागेकोले पत्रकार महासङ्घको बिधान को दफा ३० को उपदफा (ख) बमोजिम सदस्याता खारेजी गरि पत्रकारिताको मर्यादा कायम गर्न पत्रकार महासङ्घ मकवानपुरसंग  जोडदार माग गर्दै उजुरी दर्ता गर्नु भएको उजुरी कर्ता इश्वर न्यौपानेले हेटौडा अनलाइन लाइ जनकारी  दिनुभयो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864394 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top