Hetauda Online - भोलिको चुनावमा भोट हाल्ने तरिका
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

भोलिको चुनावमा भोट हाल्ने तरिका


राष्ट्रिय समाचार 90 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ३० शनिवार


भोलिको चुनावमा भोट हाल्ने तरिका

हेटौंडा अनलाईन निर्वाचन आयोगले भोलि मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो ।

उनीहरु सिधै मतदान केन्द्रमा प्रवेश गरी मतदान गरेर फर्कन सक्नेछन् । आयोगले आज मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्ने, मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताका लागि लाइन मिलाउने जस्ता काम गरिरहेको छ । यस्तै मतपेटिका राखेर भोलिबाट हुने मतदानका लागि सबै तयारी गरिरहेको आयोगले जनाएको छ ।आयोगले हरेक मतदानस्थलमा डोरी टाँगेर मतदाताको लाइनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ ।

यस्तो हुन्छ मतदान केन्द्र

मतदान केन्द्रमा प्रवेश गर्ने ठाउँमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । एउटा प्रवेशद्वारबाट जेष्ठ नागरिक, गर्भवती, अशक्त, दृष्टिविहीन मतदाताले लाइन नबसि मतदान गरेर फर्कने सक्नेछन् । अर्को लाइन पुरुष मतदाताका लागि हुन्छ । उनीहरुले लाइनमा बसेर आफ्नो पालोमा मतदान गर्न सक्नेछन् । यस्तै महिला मतदाताका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । लाइनबाट मतदान केन्द्रमा पुगेपछि मतदाताले मतदाता परिचय पत्र वा अन्य सरकारी कार्यालयबाट जारी भएको परिचय पत्र बोक्नुपर्नेछ । त्यसका आधारमा मतदान अधिकृतले मतदातालाई मतपत्र दिन्छ । त्यही मतपत्रमा हरेक मतदाताले गोप्य मतदान गर्न सक्नेछन् । तर, मतदान गर्न जाँदा मोबाइल फोन बोक्न निषेध गरिएको छ । स्रोत:अनलाइन खबर 

महिला, पुरुष र जेष्ठ नागरिकलाई छुट्टाछुट्टै लाइनको व्यवस्था



कमेन्टसहरु





12415620 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top