The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

साइबर हमला ९९ देशमा


राष्ट्रिय समाचार 2 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ३० शनिवार


साइबर हमला ९९ देशमा


हेटौंडा अनलाईन संसारभर दर्जनौं मुलुकका कयौं संघसंस्थामाथि श्रृखंलावद्ध साइबर हमला भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरुविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको बताइएको छ।

दर्जनौं मुलुकका कयौं कम्पनी तथा संघसंस्थाका कम्युटरहरुले भाइरसका कारण काम गर्न छाडेका छन्। ह्याकरहरुले कम्युटरलाई पुन: काम गर्ने बनाउन तीन सय डलर मागेका छन्।

कमजोरी

माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञहरुले बताएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीहरुविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो। गत एप्रिलमा 'द स्याडो ब्रोकर्स' भन्ने समूहले उक्त कार्यक्रम चोरेका थिए। पछि त्यो विकिलिक्समार्फत चुहाइएको थियो। गत मार्चमा आफ्नो प्रणालीमा रहेको कमजोरी माइक्रोसफ्टले सच्याएको थियो तर अझै कतिपय प्रणाली नबदलिएको हुनसक्छ। भाइरसले ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको विवरणहरु आएका छन्। संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली र ताइवानसहितका मुलुकहरु त्यस्तो सूचीमा छन्।

प्रभाव

साइबर सुरक्षा कम्पनी एभास्टले 'वानाक्राइ' वा अन्य नामका 'र्यान्समवेयर'का ७५ हजारवटा घटनाहरु देखिएको जनाएको छ। 'र्यान्समवेयर' पीडितको उपकरणमा थाहा नपाइ 'इन्स्टल' हुन्छ र विवरणहरु संकलन गर्छ अनि निश्चित रकम नदिइञ्जेलसम्म विवरणहरु चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ। ब्रिटेनस्थित अस्पतालहरु नराम्ररी प्रभावित भएका छन्। स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्नी फेडेक्स पनि प्रभावित छन्। रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्युटर भाइरसको पछिल्लो समस्यासँग जुझ्न कदमहरु चाल्न लागेको जनाएको छ। एजेन्सी 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865585 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top