The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

काँग्रेस सभापति देउवाको आह्वान


राष्ट्रिय समाचार 1 पटक पढिएको २०७४ बैशाख ३० शनिवार


काँग्रेस सभापति देउवाको आह्वान


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन्।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पुर्याउन ऐतिहासिक महत्व रहेको उल्लेख गरेका छन्।

स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किला भएको जनाउँदै उहाँले निर्भयका साथ मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। 

'लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सङ्घीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो। सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास मैले गरेको छु' विज्ञप्तिमा उल्लेख छ। 

आमनेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन रहेको उल्लेख गर्दै सभापति देउवाले निर्वाचनमा सहभागी हुन आममतदाताले देखाएको उत्साह र उमङ्गले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको विश्वास व्यक्त गरेका छन्। 

स्थानीय तह विकासको आधारशीला भएको बताउँदै उनले यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन आमजनतालाई अपिल गरेका छन्। रासस 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864291 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top