Hetauda Online - प्रधानमत्री प्रचण्ड सहित शीर्ष नेताहरु द्वारा मतदान
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रधानमत्री प्रचण्ड सहित शीर्ष नेताहरु द्वारा मतदान


राष्ट्रिय समाचार 12 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ३१ आइतवार


प्रधानमत्री प्रचण्ड सहित शीर्ष नेताहरु द्वारा मतदान


हेटौंडा अनलाईन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणमा आइतबार शुरु भएको ३ वटा प्रदेशका ३४ जिल्लाको निर्वाचनमा शीर्ष नेताहरु आ–आफ्नो नामावली भएको ठाउँमा पुगेर मतदान गर्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा भोट हाल्न पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराई गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्र पुग्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि केन्द्रमा मतदान गर्नुभयो ।

काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्र पुग्नु भएको छ । पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुहुँदैछ ।

यस्तै, पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट भोट हाल्दै हुनुहुन्छ । यस्तै, एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्दै हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।






कमेन्टसहरु





12746734 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top