The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

दोहोरो अंकमा आर्थिक बृद्धिदर टाढा छैन–गभर्नर नेपाल



राष्ट्रिय समाचार   23 पटक पढिएको   भानुभक्त आचार्य   २०७४ बैशाख ३० शनिवार   

भानुभक्त आचार्य

दोहोरो अंकमा आर्थिक बृद्धिदर टाढा छैन–गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले दोहोरो अंकको आर्थिक बृद्धि गर्न धेरै  टाढाको कुरा नभएको बताएका छन् । डा. नेपालले शनिबार रोटरी क्लब हेटौंडाको रजत बर्षको उद्घाटन गर्दै नियमित रुपमा विद्युत आपूर्ति र औद्योगिक प्रतिष्ठानमा बन्द हड्ताल नगर्दा सात प्रतिशत पुगेको र थोरै मिहेन तगर्ने हो भने दोहोरो अंकमा आर्थिक बृद्धि हुने बताएका हुन् ।

आर्थिक बृद्धिका लागि हाम्रो समाजको परम्परागत सोचमा परिबर्तन गरी मुलुक भित्र रहेको अवसरको प्रचुर मात्रामा सदुपयोग गर्नु पर्ने डा. नेपालले बताए । १८–६० बर्ष उमेर समूहका ५७ प्रतिशत जनशक्ति मुलुक बाहिर रहेको अवस्थामा पनि ७ प्रतिशत आर्थिक बृद्धि गर्न सफल भएको भन्दै डा. नेपालले युवालाई स्वदेशमै बैंक तथा बित्तीय संस्थासँग ऋण लिएर व्यवसाय गर्ने कुरामा प्रेरित गर्नु जरुरी रहेको बताए ।

कृषि क्षेत्रमा व्यवसाय गर्ने उद्यमीका लागि व्याजदरमा अनुदान दिनका लागि सरकारले छुट्याएको रकम ५० करोड रुपैयाँ भन्दा बढी अझै मौजात रहेको भन्दै अति बिकट क्षेत्रमा बिशेष अनुदान (१ प्रतिशत व्याजदरमा) ऋण लिने ऋणी हालसम्म बैंकको सम्पर्कमा नआएको डा. नेपालले बताए । ४२ प्रतिशत नेपाली युवा मात्रै बैंक तथा बित्तीय संस्थासँग ऋण लिएर व्यवसाय गरिरहेको भन्दै डा. नेपालले अझै ५८ प्रतिशत बैंकको पहुँच बाहिर रहेको जानकारी दिए ।

नेपालको आर्थिक बृद्धि २३ बर्षपछि ७ प्रतिशत पुगेको कुरा बिश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, अन्य दातृनिकायले भनिरहेको भन्दै डा. नेपालले नेपालमा पुराना भएका प्रबिधि र मेशिनरी परिबर्तन गरी आधुनिक प्रबिधि भित्राएर उत्पादकत्व बृद्धि गर्न हेटौंडाका उद्योगीसमक्ष आग्रह गरे । पछिल्लो बर्ष बैंक तथा बित्तीय संस्थाको निक्षेप २० प्रतिशत र ऋण लगानी ३० प्रतिशतले बढेका कारण केही असहजता देखिएको डा. नेपालले स्पष्ट पारे । 

अनुत्पादक क्षेत्रमा लगानी घटाएर उत्पादनमूलक क्षेत्रमा र पहाडी क्षेत्रमा लगानी बढाउन बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन गरिएको उनले बताए । बैंक तथा बित्तीय संस्थाको खराब कर्जा न्यून गर्नु भनेको जनताको निक्षेप सुरक्षित हुनु हो–डा. नेपालले अगाडि भने– सर्बसाधारण जनताको १७ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप डुब्ने खतरा बढेपछि राष्ट्र बैंकले हस्तक्षेप गरी सही ट्रयाकमा ल्याउन प्रयास भइरहेको छ । नेपालमा लगानीको प्रशस्त सम्भावना भएपनि युवाको रुचि खाडीमा जाने नै भएकोले त्यस्ता युवालाई हामी सबैले नेपालमै केही गर्न बाटो देखाउन उनले आग्रह गरे । 

रोटरी क्लब हेटौंडाका अध्यक्ष मदन अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा रोटरियन चिन्तामणि भट्टराई, राजन पोखरेल, किरणलाल श्रेष्ठ, माधब अधिकारीलगायतले रोटरीले गरेको समाजसेवाको बारेमा प्रकाश पारेका थिए । शिक्षा क्षेत्रमा चारदसक क्रियाशील रही सेवानिबृत्त डेन्टिजंग शाहलाई रोटरी क्लब हेटौंडाले २५ हजार रुपैयाँ नगदसहित बेस्ट भोकेस्नल एवार्ड प्रदान गरेको छ । रजतबर्षको अवसरमा रोटरीले हेटौंडा–४ हुप्राचौरमा निर्माण गर्न लागेको आफ्नो भवनको शिलान्यास पनि गभर्नर डा.नेपालले शनिबार गरेका छन् । 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217271   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top