Hetauda Online - किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ?
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ?


स्थानीय समाचार 7 पटक पढिएको इश्वर न्यौपाने २०७४ जेष्ठ ०१ सोमबार


किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ?


हेटौंडा अनलाईन स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते उत्साजनक रुपमा भएको मतदान मा हेटौडा उपमहानगरपालिकाका १९ वटा वडामा ६२,२०५ मत खसेको थियो

सोमबार बिहानबाट सुरु गरिएको  मतगणनामा हेटौडा-१ को मतगणना अझै भैरहेको छ । अहिले सम्म ७०० मत गणाना को नतिजा दिइएकोमा २४७ मत बदर भएको छ,जसमध्य उपमेयरको मात्रै १५९ मत बदर भएको छ अन्य बदर मत मेयर पद को लागि दियिएको मत मा देखिएको छ ।

किन भयो त अत्यधिक मत बदर ? 

पहिलो : हेटौडा उपमहानगर पालिकामा स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेस र माओबादी केन्द्र विच भएको तालमेलको आधारमा नेपाली कांग्रेसको तर्फबाट मेयर र माओबादी केन्द्रबाट उपमेयरको उम्मेदवारी बीच एलायन्स भएको थियो, जसरि अन्तिम अबस्थामा पार्टीहरु बीच तालमेलको आधारमा अगाडी बढ्ने भन्ने निर्णय भयो तर, एलायन्स भएका पार्टीका कार्याकर्ता र मतदाताहरु बीच तालमेल हुन् सकेको देखिएन ।  निर्वाचनमा जानु पुर्व आफ्ना कार्यकर्ता र मतदातालाइ जुन रुपमा मतदाता शिक्षा दिनु पर्ने थियो, तालमेलको महत्वको बारेमा बुझाउनु पर्ने थियो । त्यो दुवै पार्टीले दिन नसकेको आभास आज भएको मतगणनाको परिणाम ७०० मतगणना हुदा २४७ मत बदर ले देखाई रहेको छ । एलायन्स भएको पार्टीहरुका नेता मतदाता समक्ष भोट माग्न संगै नजानु र नमुना मतपत्रहरुमा मत हाल्न न सिकाउनु ले पनि यो आबस्था आएको प्रस्ट देखिन्छ । 

दोस्रो: निर्बाचन आयोगले जुन रुपमा मतदातालाइ मत हाल्न सिकाउनु पर्ने मतदाता शिक्षा दिनु आवश्यक थियो । मतदाता शिक्षा प्रचार प्रसार मा ध्यान दिनु आवश्यक थियो । त्यो हुन् नसकेको आज भएको मतगणनाको नतिजाले देखाई रहेको छ  । 

देशकै चासोको रुपमा हेरिएको हेटौडा महानगरपालिकामा यतिका धेरै मत बदर हुनुमा दोसीको ? भोलिका दिनमा यस्तो परिणामले कस्तो सन्देश प्रबाह गर्ला ? भन्नेमा सरोकारवालाहरु गम्भीर हुनुपर्ने देखिन्छ दोस्रो चरणमा हुने निर्वाचनमा यस्तो अवस्था आउन नदिन निर्वाचन आयोग र चुनाबी तालमेल गर्ने दलहरुले ध्यान दिनु जरुरि छ ।





कमेन्टसहरु





12746760 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top