Hetauda Online - इन्द्रसरोवर गाउँपालिका वडा नं.१,२,३ र ४ को मतगणना सम्पन्न
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

इन्द्रसरोवर गाउँपालिका वडा नं.१,२,३ र ४ को मतगणना सम्पन्न


राष्ट्रिय समाचार 6 पटक पढिएको महेन्द्र ओझा २०७४ जेष्ठ ०३ बुधवार


इन्द्रसरोवर गाउँपालिका वडा नं.१,२,३ र ४ को मतगणना सम्पन्न


हेटौंडा अनलाईन इन्द्रसरोवर गाउँ पालिका वडा नं.१,२,३ र ४ को मतगणना सम्पन्नभएको छ । इन्द्रसरोवर गाउँपालिका वडा न ४ को मतगणना अनुसार नेकपा एमालेका धनबीर स्याङ्तान ६९९ मत सहित बिजयभएका छन ।

उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका हरिकुमार लामाले १६० मत पाएका छन्  । वडा नं ४ बाट कुल मतगणना १०१६ मत रहेको थियो । जसमा एमालेका उम्मेदवार वडाध्यक्ष धनवीर स्याङतानले ७५० मत, महिला वडा सदस्य मञ्जु रुम्बाले ६९९ मत, दलित महिला वडा सदस्य सावित्री सुनाले ७१२ मत, वडा सदस्य चन्द्र कु. बलले ७२० मत , वडा सदस्य भिम ब मोक्तान ७०१ मत प्राप्त गरेका छन । 

वडा न ५ को गणना भैरहेको  छ । अहिले बिहान ६ बजे सम्मको जानकारी अनुसार इन्द्रसरोवर ५ को वडा अध्यक्षमा कांग्रेसले २८७, एमालेले ४१४, माओवादीले ६३, राप्रपा २६५, गाउपालिका अध्यक्षमा कांग्रेसले २११०, एमाले ३०७९, माओवादीले ४७१, राप्रपाले ८४६ मत र गाउँपलिका उपाध्यक्षका लागि कांग्रेसले १९५७, एमालेले ३०८१ , माओवादीले ४९९, र राप्रपाले ९६० मत प्राप्त गरिसकेका छन ।

यस्तै गरि इन्द्रसरोवर ३ को मत गणना अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार चिरञ्जीवी पौडेलले ९७९ मत सहित पुरै प्यानलमा बिजयी प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गरेका थिए । यस्तै इन्द्रसरोवर २ मा नेकपा एमालेको राजुमान महर्जनले ५५१ मत सहित वडा अध्यक्षमा बिजयी हासिल गरेको छ । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गरेको छ । वडा एक मा काँग्रेस प्यानल र २ मा एमाले प्यानलको जीत भै सकेको छ । इन्द्रसरोवर १ मा नेपाली काँग्रेसका जमान सिं वाइवा ले ७६४ मत प्राप्त गरि बिजय प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गरेका छन ।





कमेन्टसहरु





12747689 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top