Hetauda Online - मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस


स्थानीय समाचार 52 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०४ बिहीवार


मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस

हेटौंडा अनलाईन मकवानपुर जिल्ला समन्वय समितिको कार्यालयमा जारि रहेको स्थानीय तह निर्वाचनको मतगणना कार्य आज सम्म आइपुग्दा हेटौडा उपमहानगरपालिका भित्रका ४ ओटा वडाको मतगणना सम्पन्न भै नतिजा आइसकेको छ ।

जसमा हेटौडा १ मा नेपाली कांग्रेस हेटौडा २ मा नेकपा एमाले हेटौडा १९ मा एमाले हेटौडा १८ मा पनि एमाले नै नजिता आफ्नो पक्षमा पाइसकेको छ ।

रणनीतिक रुपमा सबैको चासो भएको तथा हेटौडा उपमहानगरपालिका भित्र नेपाली कांग्रेसको आधार भुमि मानिएको ठाउँ अझै भन्नुपर्दा नेपाली कांग्रेस मकवानपुरमा इन्द्र बहादुर बनियालाई आजको स्थान सम्म ल्याउन भूमिका प्रदान गरेको साबिकको १ नम्बर क्षेत्र रहेको हर्नामाडी सहित बनेको अहिले को १८ नम्बर वडामा कांग्रेसको हारलाई सोभाविक भन्न सक्ने स्थितिमा स्वयम् एमालेका नेता कार्यकता हरु नरहेको जनाइएको छ । 

वडा नंबर १८ मा एमालेको तर्फबाट वडा अध्यक्षमा अनिल  बनिया बिजयी हुनुभएको छ। अनिल बानियाले नेपाली कांग्रेसका उम्मेदवार लाई २१ मतको झिनो मत अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो । त्यस्तै हिजै भएको मत गणनामा हेटौडा २ मा पनि कांग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको थियो । 

नेपालि कांग्रेसको चर्चित नेत्री महालक्ष्मी उपाध्याय डिना का श्रीमान् लाई उम्मेदवार बनाएर उठाएको वडा त्यहि माथि हेटौडाको कांग्रेस चोक भनि नामाकरण गरिएको ठाउँमा समेत नेपाली कांग्रसको उम्मेदवारले हार्नु भनेको अस्वाभाविक र आश्चर्यचकित रिजल्टको रुपमा लिइएको छ । आखिर किन भयो त यस्तो के आफ्नै कार्यकता ले कांग्रेस लाइ भोट हालेनन त ?  यी वडा हरुमा कि आफ्नै कार्यकर्ता पार्टी ले टिकट दिएको उम्मेवार लाई रुचाएनन यी बिषय हरु चर्चा र खुल्दुलीको बिषय बनेको छ । अहिले नेपालि कांग्रेस मकवानपुर कोपार्टी पङ्तिमा । यध्यपी नेपाली कांग्रेस ले हेटौडा १ मा वडा अध्यक्ष को विजय भैसकेको छ पछिल्लो मतगणना को जानकारी अनुसार हेटौडा को मेयर पद मा नेपाली कांग्रेस कै अग्रता छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बारामा निर्वाचनलाई लक्षितगरि अपाङ्गमैत्री बिचार गोष्ठि सम्पन्न ।

हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदाञ्जली सभा” कार्यक्रम सम्पन्न ।

प्रेलेसले द्वारा एकैसाथ इच्छुक तथा श्याम प्रसाद शर्मा श्रदाञ्जली सभा ।

मकवानपुरमा भुकम्पीय आवास पुर्ननिर्माणका डकर्मी तालिमको अनुगमन ।

रुद्र-सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७४ बाट दुई पत्रकार सम्मानित

हेटौंडामा बृहत रक्तदान कार्यक्रम (फोटो फिचर)

रुद्र-सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कार्यक्रम हेटौडामा हुने

हेटौडा उपमहानगरपालिकाका नव निर्वाचित प्रतिनिधीहरुको सपथ ग्रहण सम्पन्न

सपथ ग्रहण कार्यक्रम भोलि
1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT


12415677 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top