The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न


स्थानीय समाचार 2 पटक पढिएको हेटौडा अनलाईन सम्बादाता २०७४ जेष्ठ ०८ सोमबार


थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न


हेटौडा अनलाईन मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यको अध्यक्षतामा थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत आचार्यले नगर प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ गराउनु भएको छ साथै निर्वाचित पदाधिकारीहरुलाई  पद धारण गरेको प्रमाणपत्र पनि वितरण गरिएको छ । आजै निर्वाचन अधिकृतबाट सपथ लिए पछी नगर प्रमुख लवशेर विष्टले वडा सदस्यहरुलाई सपथ गराउनु भएको छ  ।

यसैबीच सपथ लिए लगतै थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र उप प्रमुख खड्ग बहादुर गोपालीले पदभार ग्रहण गर्नुभएको छ । सपथ कार्यक्रममा सहभागीहरुलाई निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाका सहायक निर्वाचन अधिकृत त्रिलोचन निरौलाले स्वागत गर्नुभएको थियो । 

सपथ ग्रहण कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट,  नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष अरुण रायमाझी ,नेपाली काँग्रेस थाहानगर अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, , मालपोत कार्यालय शिखरकोटका प्रमुख सूयृ प्रसाद कोइराला, जनकल्यण उच्चमाविका प्राचार्य सानोभाई कार्की, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विमलकुमार ढकाल, लायन्स क्लब अफ पिस थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान लगायतकाको आतिथ्य रहेको थियो ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12960295 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top