The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

हेटौडा उपमहानगरपालिकाको १० र १२ को पछिल्लो अपडेट


स्थानीय समाचार 12 पटक पढिएको हेटौडा अनलाईन सम्बादाता २०७४ जेष्ठ ०९ मंगलवार


हेटौडा उपमहानगरपालिकाको १० र १२ को पछिल्लो अपडेट


हेटौडा अनलाईन हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को अहिले सम्म ३ हजार मत गणना भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को अहिले सम्म ३ हजार मत गणना भएको छ । ३ हजार मत गणना गर्दा सम्म वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका ललित घलान सबैभन्दा अगाडि छन् । माओबादी केन्द्र का ललित घलान ले ८५३ मत पाउनुभएको छ भने उहा लाइ पछ्छाई रहनुभएका नेपालि कांग्रेस का उमेदवार अर्जुन तिवारी ले ७९७ पाउनु भएको छ तेस्तै एमालेका उम्मेदवार रामचन्द्र स्यान्ग्बो ले ७३० मात्र पाउनु भएको छ। ३ हजार मत गणना गर्दा सम्म नेकपा माओवादी केन्द्रका ललित घलान एमालेका स्याङ्बोभन्दा १ सय २३ मतले अघि र काँग्रेसका तिवारीभन्दा ५६ मतले अगाडि छन् ।

१२ नम्बर बाट मेयर को लागि  काँग्रेस माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली ११३७ मत प्राप्त गर्नु भएको छ भने एमालेका हरिबहादुर महत ३ सय ९५ मतले पछाडि हुनुहुन्छ । उपमेयरमा माओबादी केन्द्रका  बलराम बलले १०५१ मत पाउनु भएको छ भने एमालेकी मीना लामाको  ७३०मत् मात्र छ  ।

हेटौडा १२ नम्बर वडामा ५ हजार २ सय २३ मतदाता रहेकोमा जम्मा ३ हजार ८ सय ५८ मत मात्र खसेको थियो । अझै ८०० मत गन्न बाकि छ जुन जारि छ 

यता हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १० को मत गणना जारि छ । पछिल्लो जानकारी अनुसार  वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सन्तोष न्यौपाने सबैभन्दा अगाडि हुनुहुन्छ । उहाले ३९० मत प्राप्त गर्नु भएको छ । तेस्तै एमालेका उम्मेद्वार ले २२७ मत ले पच्छई रहनु भएको छ । हेटौडा १० बाट मेयर पद को लागि माओवादी कांग्रेस का गठबन्धन का उम्मेदवार आनन्द राम पराजुली ले २५२ मत प्राप्त गर्नु भएको छ भने एमाले का हरि बहादुर महत ले २४१ मत प्राप्त गर्नु भएको छ ।  हेटौडा १० नम्बर मा ३,००६ मतदाता रहेको मा २,२०३ मत खसेको थियो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12960293 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top