The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

थाइल्याण्डमा भेटियो अनौठो बाँदर


मनोरञ्जन 8 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०९ मंगलवार


थाइल्याण्डमा भेटियो अनौठो बाँदर


हेटौडा अनलाईन थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। "अंकल फ्याट" उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

एजेन्सी । थाइल्याण्डमा जंगली बाँदरहरुहरुलाई पर्यटकहरुले खाना दिने गरेको र बढी जंक फुड खाएको कारण अंकल फ्याट मोटाएको बताइएको छ। साधारणतया सो जातिको बाँदर ९ किलो हाराहारी हुनेमा अंकल फ्याट भने २६ किलोको बनिसकेको थियो।

मानिसले सीधै दिएका खानेकुरा मात्र नभई अंकल फ्याटलाई अरु साना बाँदरले पनि खानेकुरा खोजेर ल्याइदिने गर्दथे। ‘अरु बाँदर उसकहाँ खानेकुरा ल्याउँथे र ऊ ती सबैलाई खानेकुरा बाँडिदिन्थ्यो,’ हाल सो बाँदरको खानपानको हेरचाह गरिरहेका पशुचिकित्सक सुपाकर्ण केचोटको भनाइ एपीले उधृत गरेको छ, ‘लामो समय मानिसले दिएको खानेकुरा खाएपछि उसको पेटमा बोसो जम्यो र त्यसले ट्युमरको रुप लियो। जसले गर्दा मुटुरोग र मधुमेहको खतरा निम्तियो।’

१० देखि १५ वर्ष बीच उमेरको रहेको अंकल फ्याटलाई अहिले दैनिक मात्र ४०० ग्राम सन्तुलित खाना दिन थालिएको छ। पशुचिकित्सक सुपाकर्णका अनुसार केही महिनाको नियन्त्रणपछि उसलाई फेरि जंगलमा छोडिनेछ।

मानिसले जंगली जनावरलाई अस्वस्था खाना दिन नहुने सुपाकर्ण बताउँछिन्।

‘मानिसहरुलाई बाँदरलाई खाना दिन मनपर्छ, तर हामीलाई मनपर्ने जंक फुड र सोडाजस्ता खानेकुरा तिनलाई दिन हुँदैन। यो उनीहरुको स्वास्थ्यका लागि निकै खराब हुन्छ। यो पूरै समस्या मानिसले सिर्जना गरेको हो।’ सुपकर्ण बताउँछिन्। स्रोत: नेपाल खबर 




सम्बन्धित तस्विरहरु

जंक फुड खाएर मोटाएको अंकल फ्याट
बाँदरका लागि स्वस्थ खाना दिँदै सुपाकर्ण

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959644 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top