The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मसिनेमा वडाध्यक्षलाई स्वागत


स्थानीय समाचार 16 पटक पढिएको भानुभक्त आचार्य २०७४ जेष्ठ १० बुधवार


मसिनेमा वडाध्यक्षलाई स्वागत


हेटौंडा अनलाईन हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले नवनिर्वाचित जनप्रतिनिधिलाई बुधबार विद्यालयमा स्वागत तथा सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले मनहरी गाउँपालिका–४ (साबिक हाँडीखोला–७) का वडाध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

बैशाख ३१ को निर्वाचनबाट वडाध्यक्षमा ध्रुब खड्का, वडा सदस्यमा बिष्णु चेपाङ, भीमलाल रुम्बा, गोमा गौतम र सृजना बिक निर्वाचित भएका थिए । पशुपतिनाथ मावि व्यवस्थापन समितिका पूर्बअध्यक्ष पबन खड्का, वडा नागरिक मञ्चका संयोजक प्रकाश थापा, विद्यालयका प्रअ भानुभक्त आचार्य, शिक्षक सुशील गौतमलगायतले बोलेका थिए । 

नवनिर्बाचित वडाध्यक्ष खड्काले वडामा विकासका पूर्बाधार तयार गर्ने र नागरिकका चाहना बमोजिम काम गर्ने बताए । शिक्षा, स्वास्थ्य, यातायात, संचार, खानेपानी, विद्युतीकरण, कृषि, पर्यटन जस्ता पूर्बाधार तयार गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्ने अध्यक्ष खड्काले बताए । पाँचैजनालाई नेकपा माओवादी केन्द्रले वडामा उमेदवार बनाएको थियो ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12960296 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top