The first website dedicated to the people of clean and green city Hetauda.
विश्व

गिद्धका बारेमा जानकारी


विश्व 79 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ १० बुधवार


गिद्धका बारेमा जानकारी


हेटौंडा अनलाईन हेटौंडा अनलाईन पर्यावरणमा अत्यन्तै महत्वपूर्ण मानिएको गिद्धको संख्या पछिल्लो समय घट्दै गएको छ ।पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या ९५ प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । सबैभन्दा बढी पाइने अफ्रिकामा पनि गिद्धको संख्या निकै घटेको छ ।

मरेका जनावर खाने गिद्ध पछिल्लो समय जनावरलाई खुवाइएको डायक्लोफिनाक औषधिका कारण मासिदैं गएको विज्ञहरुले बताएका छन । तर चर्चित संरक्षणविद् साईमन थोमसेटले भने गैंडा र हात्तिको मृत्युको चेतावनी दिन नसकोस भनेर चोरीशिकार गर्नेहरुले पनि गिद्धलाई मार्ने गरेका छन् । नेपालमा नौ प्रजातिका गिद्धहरु पाईन्छन ।

पवित्र ग्रन्थ रामायणमा जटायुका नामले प्रख्यात यी पन्छीहरु प्रकृतिका वरदान हुन । पर्यावरणीय चक्रका अभिन्न अंग र  प्रकृतिका कुचिकार भनेर चिनिने गिद्ध पछिल्लो समय नेपालमा संरक्षण हुन थालेको छ ।

नेपालका नवलपरासी, काश्की, रुपन्देही, दाङ्ग, कैलाली र सुनसरीमा गिद्धरेष्टुरेष्ट खुलेपछि संरक्षणमा निकैठूलो उपलब्धी भएको चराविद् डाक्टर हेमसागर बरालले बताउनु भयो । सबैले संरक्षण गर्न आवश्यक छ । नेपालमा हाडफोर गिद्ध, हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, खैरो गिद्ध, राज गिद्ध, गंगर गिद्ध, सानो खैरो गिद्ध र लामोठूँडे गिद्ध पाईन्छ ।  कतिपय ठाउँमा गिद्धका लागि बासस्थान समेत बनाईदिने गरिएको छ । संरक्षणका हिसाबले नेपाल एशियामै अग्रस्थानमा रहेको विभिन्न प्रतिवेदनले देखाएको छ ।

गिद्धका बारेमा रोचक जानकारी

गिद्ध सबैभन्दा उचाइमा उड्ने पंक्षी हो ।  सन् १९७३ मा आईभरी कोष्टमा ३७ हजार फीटको उचाईमा उडेको रेकर्ड छ । रपल्स नामक गिद्धले त्यतीबेला उडिरहेको जहाजलाई ठक्कर दिएको थियो । केहीतल झरेपछि पाईलटले जहाजलाई नियन्त्रणमा लिएका थिए । यसको संसारभर चर्चा भएको थियो । सगरमाथाको उचाईभन्दा माथी उड्ने अरुचरालाई अक्सिजनको समस्या पर्ने गरेको छ । असाधारण वातावरणमा पनि गिद्ध बाच्न सक्छ । उसले धेरै क्षेत्रमा एक्कैसाथ आहाराको खोजीका लागि उचाईको उडान तय गर्ने गरेको चराविद्हरुले बताएका छन ।

अफ्रिका संरक्षणकर्मीहरुका अनुसार अफ्रिका महादेशमा हरेकवर्ष मरेका जंगली जनावरको मासु र कंकाल झण्डै चार करोड टन भन्दापनि धेरै हुन्छ । मांसहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन । तर त्यो भन्दा धेरै गिद्धले सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई सहजतरिकाले अगाडी बढाउन मद्दत गर्छ । त्यतिमात्र होईन महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्याललाई रोक्ने काम पनि गर्छ ।

गिद्ध आफ्नो भोजनको खोजीमा धेरैनै दुरी पार गर्न सक्छ । हालै रपल्स नामक गिद्धले ताञ्जानियादेखि आहाराको खोजीमा केन्याहुँदैं सुडान र ईथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरुले क्यामेरामा कैद गरेका छन । त्यसैले गिद्धलाई विभिन्न देशले जासुसीको आरोप पनि लगाउने गरेका छन । आजभोली गिद्धमा स्याटलाईट तथा क्यामेरा जडान पनि गर्न थालिएको छ । रेडियोकलर जडान गरिएको भारतीय गिद्ध पाकिस्तानमा मारिएपछि यसको पनि चर्चा भएको थियो ।

टर्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्ने गरेका छन । वैज्ञानिकहरुको अनुमान अनुसार उसले विभिन्न रोगलाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो । पिसाबमा पाईने पदार्थले किटाणुलाई फैलीनरोक्ने र मार्ने काम गर्छ । 

दक्षिण अफ्रिकामा पाईने केप गिद्ध एक पटकमा एक हजार किलोमिटर दुरी तय गर्न सक्छ । त्यसरी लामो दुरी तय गर्दा विजुलीको प्रशारण लाईनलाई आधार मानेर गिद्ध उड्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् ।बिर्डड गिद्ध संसारको यस्तो पंक्षी हो । जसले आफ्नो आहाराको ९० प्रतिशतसम्म मात्र हाडखोर मात्र खाने गरेको छ । यो गिद्धमा पाईने अम्लीयपनले हड्डिलाई पचाउन सजिलो हुन्छ । एजेन्सीहरुको सहयोगमा 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959647 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top